bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Timothy 1
2 Timothy 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
परमेश्वरको इच्छाले ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञा सुनाउन म पावल ख्रीष्टको प्रेरित भएको हुँ।
2
तिमी मेरा प्यारा छोरा तिमोथीलाई यो लेख्दै छु। परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्।
3
मेरो शुद्ध विवेकसँग म मेरा पितापुर्खाले गरेझैँ परमेश्वरको काम गर्न आएको छु। उही परमेश्वरलाई तिम्रै सम्झनामा रातदिन प्रार्थना गर्दा धन्यवाद दिन्छु।
4
तिम्रो आँसुलाई सम्झन्छु, तिमीलाई भेट्ने मेरो ठूलो इच्छा छ। भेट्न पाए म कति खुसी हुनेथिएँ।
5
मलाई तिमीमा भएको त्यो सोझो विश्वासको सम्झना छ। तिम्री बजै लोइस र आमा युनिसमा सोझो विश्वास थियो र तिम्रो पनि त्यस्तै सोझो विश्वास भएको मलाई सम्झना छ र अझै तिमीमा त्यस्तै विश्वास छ भन्ने मेरो विश्वास छ।
6
यसैकारण म तिमीलाई फेरि सम्झना गराउँदै भन्छु, मैले तिमीमाथि हात राख्दा परमेश्वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्नू
7
किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्ने आत्मा दिनुभएको छ।
8
त्यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्न बरु तिमी पनि परमेश्वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ।
9
परमेश्वरले नै हामीलाई बचाएर आफ्नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्नै विचारले र अनुग्रहले परमेश्वरले हामीलाई आफ्नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्टिभन्दा अघि नै हामीलाई ख्रीष्ट येशूले यो अनुग्रह दिनुभएको हो।
10
तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्ट आएपछि प्रकट भएको हो। ख्रीष्टले मृत्युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो।
11
परमेश्वरले मलाई यही सुसमाचार सुनाउन प्रचारक, प्रेरित र शिक्षक हुन खटाउनुभएको हो।
12
यसैकारणले म यी कुराहरूमा दु:ख भोग्दै छु। तर मलाई यसमा लाज लाग्दैन किनभने मैले कसमा विश्वास राखेको छु, मलाई थाहा छ। परमेश्वरले मेरो जिम्मा लगाउनुभएको कुरालाई उहाँले नै त्यस दिनसम्मको लागि जोगाएर राख्नुहुनेछ। यसमा म ढुक्क छु।
13
मैले तिमीलाई दिएका साँचा शिक्षाहरू नमुनाझैँ ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा जोगाइराख।
14
तिम्रा जिम्मामा दिएका असल कुराहरूलाई हामीभित्रै बास गर्नुहुने पवित्र आत्माको शक्तिले जोगाइराख।
15
तिमीलाई थाहै छ, एशियामा बस्ने सबैले फुगेलस र हर्मोगेनससमेतले मलाई छाडिदिए।
16
ओनेसिफरसको परिवारमा प्रभुको दया रहोस् किनभने उनले मलाई धेरै पटक हौसला दिए। अनि म झ्यालखानमा पर्दा उनलाई लाज लाग्ने कुरा भएन।
17
उनी रोममा आउने बित्तिकै धुइँ-धुइँती मलाई खोजेर भेट्टाइछोडे।
18
ख्रीष्टको आगमनको दिनमा प्रभुबाट उनले अनुग्रह पाउन सकून्। तिमीलाई थाहै छ, एफिससमा हुँदा पनि उनले मलाई कति कुरामा सघाउ पुर्याएका थिए।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4