bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Timothy 2
2 Timothy 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
यसकारण तिमीचाहिँ ए मेरा छोरा, ख्रीष्ट येशूले दिनुभएको अनुग्रहले दह्रो होऊ।
2
मैले धेरै मानिसहरूका अघि तिमीलाई शिक्षा दिएको कुरा अरू सिकाउन सक्ने विश्वासी मानिसहरूलाई पनि देओ।
3
ख्रीष्ट येशूको साँचो सिपाही भएर तिमी पनि दु:ख उठाऊ।
4
फौजमा भएको सिपाहीले आफ्नो सेनापतिलाई खुसी पार्न अरू काममा अल्मलिंदैन।
5
खेलमा भाग लिनेले खेलका नियमहरू नमानेसम्म इनाम पाउन सक्दैन।
6
पसिना बगाएर खेती गर्नेले नै फसलको पहिलो भाग पाउनुपर्दछ।
7
मैले भनेका यी कुराहरूमा विचार गर किनभने प्रभुले नै तिमीलाई यी सबै कुराहरू बुझ्ने शक्ति दिनुहुनेछ।
8
मरेकोबाट बिउँतनुभएका राजा दाऊदका सन्तान येशू ख्रीष्टलाई सम्झिराख। यही नै मैले प्रचार गरेको सुसमाचार हो।
9
त्यही सुसमाचार सुनाएको हुनाले मैले दु:ख भोगेको हुँ। त्यति मात्र होइन, अपराधीझैँ साङ्लाले बाँधिएर थुनामा परेको छु। तर परमेश्वरको शिक्षाचाहिँ थुनिएको छैन।
10
यसकारण परमेश्वरले छानेकाहरू येशू ख्रीष्टमा भएको चहकिलो र सधैँभरि रहने मुक्ति पाउन सकून् भनेर म तिमीहरूका लागि सबै कुरा सहन सक्नेछु।
11
साँचो भनाइ छ: “हामी उहाँसँगै मर्यौं भने फेरि उहाँसँगै बिउँतनेछौं।
12
हामीले उहाँसँगै दु:ख भोग्यौं भने उहाँसँगै राज्य पनि गर्नेछौं। उहाँलाई हामीले इन्कार गर्यौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ।
13
हामी विश्वासी नभए पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ किनभने उहाँ इन्कार गर्न सक्नुहुन्न।”
14
तिम्रा मानिसहरूलाई यस कुरामा सम्झाइदेओ। शब्द-शब्दमा लडाइँ नगर्नू भनेर तिनीहरूलाई परमेश्वरकै सामुन्नेमा सम्झाऊ। झगडाबाट त केही पनि फाइदा हुँदैन। यसले त ती सुन्ने मानिसहरूलाई नै बिगार्दछ।
15
लाज मान्नु नपर्ने र सत्यको सन्देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्तै परमेश्वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्न तयार भइरहन कोसिस गर।
16
संसारका मूर्ख कुराहरूबाट पन्सिएर बस। यसले त मानिसहरूलाई परमेश्वरबाट झन्-झन् टाढा पुर्याउँदछ।
17
त्यस्ता शिक्षा कुहेर बढ्दैजाने घाउजस्तै हुनेछ। हुमेनियस र फिलेतसको शिक्षा पनि त्यस्तै छ।
18
तिनीहरूले सत्य छोडेका छन्। मरेकोबाट बिउँतने काम अघि नै भइसक्यो, अब हुँदैन भन्ने शिक्षा दिएर तिनीहरूले कतिको विश्वास नै बिगारिदिए।
19
तर परमेश्वर आफैंले लगाएको उहाँको जग सधैँ बलियो भएर रहिरहन्छ। यसमा लेखिएकै छ: “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ,” अनि “परमेश्वरका नाउँ लिने सबै खराब कामहरूबाट अलग रहनुपर्दछ।”
20
कुनै पनि ठूलो घरानामा किसिमकिसिमका भाँडा-कुँडाहरू हुन्छन्। त्यहाँ चाँदीका र सुनका मात्र होइन, काठका, माटाका भाँडाहरू पनि हुन्छन्। कुनैकुनै भाँडा ठूलो काममा चलाइन्छ र कुनै सानो काममा चलाइन्छ।
21
सबै किसिमका खराब कुराहरूबाट शुद्ध भएर रहेको मानिस छ भने ठूलो इज्जतको भाँडाझैँ हुनेछ किनभने उसले त आफैंलाई चोखो राखेर हरअसल कामको लागि मालिकलाई मनपर्दो हुनेछ।
22
जवानीमा आउने नराम्रा इच्छाहरूलाई छोडेर शुद्ध मनले परमेश्वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्वास, प्रेम र शान्तिमा लाग।
23
तर जान्दै नजानेका मूर्ख तर्कबाट अलग्गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्छ।
24
प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्ने हुनुपर्दछ अनि शिक्षा दिन सक्ने र सबै कुरा सहन सक्ने हुनुपर्दछ।
25
उसले विरोधीहरूलाई नम्र भएर सम्झाउन सक्ने हुनुपर्दछ। त्यसो भए मात्र कतै परमेश्वरले विरोधीहरूको मन बदलिदिनसक्नुहुन्छ र तिनीहरूले सत्यलाई पूरै चिन्लान्।
26
यसरी तिनीहरू आफ्ना होशमा आएर शैतानको फन्दाबाट उम्कन पाउनेछन् किनभने उनीहरूलाई शैतानले आफ्नो कामको लागि पक्रेर राखेको छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4