bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Haggai 1
Haggai 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 2 →
1
फारस देशका महाराजा भई दाराले राज्य गरेको दोस्रो वर्षको छैटौं महिनाको पहिलो दिन परमप्रभुले हाग्गै अगमवक्ताद्वारा आफ्नो वचन बोल्नुभयो। त्यो सन्देश शालतिएलका छोरा यहूदाका बडा-हाकिम यरुबाबेल र यहोसादाकका छोरा मुख्य पूजाहारी यहोशूको लागि थियो।
2
सर्वशक्तिमान् परमप्रभुले हाग्गैलाई भन्नुभयो, “यी मानिसहरू भन्दछन् कि फेरि मन्दिर निर्माण गर्न यो समय ठीक छैन।”
3
त्यसपछि परमप्रभुले हाग्गै अगमवक्ताको मुखबाट यो सन्देश मानिसहरूलाई दिनुभयो,
4
“हे मेरा मानिसहरू हो! मेरो मन्दिर जीर्ण भएको छ र तिमीहरूचाहिँ कसरी असल घरहरूमा बास गर्दछौ?
5
तिमीहरूलाई के भइरहेछ, के तिमीहरूले देख्दैनौ?
6
तिमीहरूले धेरै रोपेका छौ; तर थोरै मात्र बटुलेका छौ। खानलाई तिमीहरूसित भोजन त छ; तर अघाउने गरी खान पाउँदैनौ। पिउनलाई तिमीहरूसित दाखमद्य त छ; तर तृप्त हुने गरी पिउन पाउँदैनौ। तिमीहरूका लुगा-फाटाहरू त छन्; तर त्यतिले तिमीहरूलाई न्यानो पार्दैन। कमाइ गर्नेले कमाएको धन चुहुने थैलीमा हालेको जत्तिकै छ।
7
तिमीहरूले आफ्ना चाल राम्ररी विचार गर।
8
अब डाँडा-डाँडामा जाओ, काठ-पात ल्याओ र फेरि मन्दिर नयाँ गरी निर्माण गर। तब म प्रसन्न हुनेछु र मेरो आराधना उचित रीतिले हुनेछ।
9
“तिमीहरूले धेरै फसल उठाउने आशा गरेका थियौ; तर थोरै मात्र बटुल्यौ। जब तिमीहरूले घरमा फसल पुर्यायौ, मैले त्यो बतासले उडाइदिएँ। किन मैले त्यसो गरें त? किनभने मेरो मन्दिर जीर्ण छ र तिमीहरूचाहिँ आ-आफ्ना घर बनाउन व्यस्त छौ।
10
त्यही कारणले पानी परेको छैन र केही अन्न-पात उम्रन सक्दैन।
11
देशमा मैले खडेरी ल्याएको छु; डाँडाहरू, अन्न-बारीहरू, दाखबारीहरू र जैतुनका बारीहरूमा साथै जमिनले उमार्ने हरेक बालीमा, मानिसहरू र पशुहरूका बीच तिमीहरूले रोपेका हरेक थोकमा खडेरी ल्याएको छु।”
12
तब यरुबाबेल, यहोशू र बेबिलोनको कैदबाट फर्किआएका सबै मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएअनुसार गरे। तिनीहरू डराए र परमप्रभुको सन्देश ल्याउने अगमवक्ता हाग्गैको कुरा माने।
13
तब हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए, “म तिमीहरूसित छु, परमप्रभु भन्नुहुन्छ।”
14
यहूदाका बडा-हाकिम यरुबाबेल, मुख्य-पूजाहारी यहोशू र कैदबाट फर्कि आएका सबै मानिसहरूलाई परमप्रभुले मन्दिरमा काम गर्ने प्रेरणा दिनुभयो र तिनीहरूले सर्वशक्तिमान् परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न थाले।
15
महाराजा दाराको शासनकालको दोस्रो वर्षको छैटौं महिनाको चौबीसौं दिनबाट तिनीहरूले यो काम गर्न थाले।
Jump to:
Chapter 1
Chapter 2
Chapter 2 →
All chapters:
1
2