bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Haggai 2
Haggai 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
1
त्यही वर्ष सातौं महिनाको एक्काइसौं दिन परमप्रभु फेरि हाग्गै अगमवक्ताद्वारा बोल्नुभयो।
2
उहाँले हाग्गैलाई यहूदाका बडा-हाकिम यरुबाबेल, मुख्य-पूजाहारी यहोशू र कैदबाट फर्किआएका मानिसहरूलाई यसो भन्न लगाउनुभयो,
3
“यो मन्दिर कति शोभामय थियो, त्यो के तिमीहरूमध्ये कसैलाई अझै याद छ? अहिले यो मन्दिर कस्तो देख्छौ? अब केही पनि होइन जस्तो लाग्ला?
4
तर, अब तिमीहरू कोही पनि हताश नहोओ। काम गर किनभने म तिमीहरूको साथमा छु।
5
तिमीहरू मिश्रबाट निस्किआउँदा म सदा तिमीहरूसित रहनेछु भनी मैले प्रतिज्ञा गरेको थिएँ। म अझसम्म तिमीहरूसित छु, यसकारण नडराओ।
6
“अब चाँडै नै म आकाश, पृथ्वी, समुद्र र जमिन हल्लाउनेछु।
7
सबै जातिहरूलाई पराजित गर्नेछु। तिनीहरूका धन-सम्पत्तिहरू यहाँ ल्याइनेछन् र मन्दिर धन-सम्पत्तिले भरिनेछ।
8
पृथ्वीका सारा सुन र चाँदी मेरै हुन्।
9
यो नयाँ मन्दिर पुरानो मन्दिरभन्दा ज्यादा शोभामय हुनेछ र म मेरा प्रजालाई सुख-शान्ति दिनेछु।” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
10
दारा महाराजा भएको दोस्रो वर्ष, नवौं महिनाको चौबीसौं दिन सर्वशक्तिमान् परमप्रभु फेरि हाग्गै अगमवक्तासित बोल्नुभयो।
11
उहाँले भन्नुभयो, “यससम्बन्धी व्यवस्थाले के भन्छ, सो पूजाहारीहरूलाई सोध,
12
कसैले बलि चढाएको र अर्पण गरिएको मासुको टुक्रा लिएर आफ्ना लुगामा बाँधी बोक्यो र त्यस लुगाको छेउले कुनै रोटी वा पकाएको खानेकुरा वा दाखमद्य वा जैतुनको तेल वा अरू कुनै प्रकारको भोजन छोयो भने के त्यो छोएको कुरा पनि पवित्र ठहरिन्छ?” पूजाहारीहरूले उत्तर दिए, “अँहँ ठहरिन्न।”
13
त्यसपछि हाग्गैले सोधे, “लाश छोएर अशुद्ध भएको मानिसले यिनै खानेकुराहरूमध्ये कुनै थोक छोयो भने त्यो कुरो अशुद्ध हुन्छ कि हुँदैन?” पूजाहारीहरूले जवाफ दिए, “हो, त्यो अशुद्ध हुनेछ।”
14
त्यसपछि हाग्गैले भने, “परमप्रभु भन्नुहुन्छ कि यही कुरो यस जातिका मानिसहरू र तिनीहरूले बनाएका हरेक थोकमाथि लागू हुन्छ र तिनीहरूले वेदीमाथि चढाएका सबै कुरा अशुद्ध छन्।”
15
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई के भएको छ, सो तिमीहरू देख्दैनौ? तिमीहरूले फेरि मन्दिर निर्माण गर्न थाल्नुअघि
16
तिमीहरू दुई सय किलोग्राम पाउने आशा गरी अन्नको थुप्रो हेर्न जान्थ्यौ; तर एक सय किलोग्राम मात्र पाउँथ्यौ। कुण्डबाट सय लिटर दाखमद्य झिक्न जान्थ्यौ; तर चालीस लिटर मात्र पाउँथ्यौ।
17
तिमीहरूले खेती लगाएका हरेक थोक नाश पार्न मैले तातो हावा र असिना पठाउँथें र पनि तिमीहरूले पश्चात्ताप गरेनौ।
18
आज नवौं महिनाको चौबीसौं दिन हो। आज मन्दिरको जग बसाल्ने काम समाप्त भएको छ। अब उसो के हुने हो, सो देख्नेछौ।
19
भकारीमा केही अन्न नउब्रेको भए पनि र दाखको लहरा, नेभारा, अनार र जैतुनका रूखहरूले अहिलेसम्म फल नदिएको भए तापनि अब उसो म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
20
[20-21] त्यही दिन वा महिनाको चौबीसौं दिन परमप्रभुले हाग्गैलाई यहूदाका बडा-हाकिम यरुबाबेलको निम्ति दोस्रोपल्ट सन्देश दिनुभयो, “मैले आकाश र पृथ्वी हल्लाउन आँटेको छु
22
अनि अरू राज्यका गद्दीहरू पल्टाएर तिनीहरूको शक्तिको अन्त गराउन लागेको छु। म रथहरू र तिनका सारथीहरूलाई पल्टाइ दिनेछु। घोडाहरू मर्नेछन् र तिनका सवारहरूले आपसमा काटमार गर्नेछन्।
23
त्यस दिन तँ मेरो सेवक यरुबाबेललाई म राख्नेछु र मेरो नाममा शासन गर्न नियुक्त गर्नेछु। मैले रोजेको मानिस तँ नै होस्।” सर्वशक्तिमान् परमप्रभु बोल्नुभएको छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
All chapters:
1
2