bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Philippians 1
Philippians 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
फिलिप्पीमा हुने येशू ख्रीष्टमा भएका पवित्र जनहरू, मण्डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्टका कमारा पावल र तिमोथीले यो पत्र लेख्दै छौं।
2
हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
3
जहिले पनि तिमीहरूलाई सम्झँदा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु।
4
सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु
5
किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म सघाउँदै आएका छौ।
6
परमेश्वरले तिमीहरूमा सुरु गर्नुभएको राम्रो काम येशू ख्रीष्टको राज्य नआएसम्म परमेश्वरले नै सम्हाल्नुहुनेछ। यसमा मेरो पूरा विश्वास छ।
7
तिमीहरूलाई सधैँ मैले आफ्नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्तै विचार गर्न मलाई ठीक लाग्यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ।
8
साँच्चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्ट येशूको हृदयबाटै आएको हो, म सत्य बोलिरहेछु भनी परमेश्वर नै मेरो साक्षी हुनुहुन्छ।
9
मेरो प्रार्थना छ, तिमीहरूको प्रेम बढ्दै-बढ्दै जाओस्। यो प्रेम दुवै सत्य ज्ञान र राम्रो-नराम्रो केलाउने बुद्धिमा बढ्दै जाओस्।
10
त्यसो भए मात्र तिमीहरूले सबैभन्दा राम्रो कुरोलाई छुट्याउन सक्नेछौ अनि ख्रीष्ट आउँदा तिमीहरू पवित्र र निर्दोष हुनेछौ।
11
अनि परमेश्वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्टले दिने असल फलहरू फल्नेछन्।
12
दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्ने म चाहन्छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्।
13
मैले ख्रीष्टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ।
14
म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्।
15
हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्।
16
कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ।
17
अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्ने नराम्रो विचारले ख्रीष्टको प्रचार गरेका हुन्।
18
जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्टकै प्रचार हुन्छ।
19
किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्टका आत्माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु।
20
मेरो कर्तव्यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्पूर्ण जीवनले ख्रीष्टको आदर होस् भन्ने मेरो ठूलो इच्छा र आशा छ
21
किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो।
22
तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्ने, सो छान्न मलाई गाह्रो पर्यो।
23
म दोधारमा परेको छु। यो संसार छोडेर ख्रीष्टकै साथमा रहन पनि मलाई ठूलो इच्छा छ। जुनचाहिँ एकदमै राम्रो कुरो हो।
24
तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो।
25
मलाई यो पक्का थाहा छ। यसकारण तिमीहरूलाई विश्वासमा उन्नति गराउन र तिमीहरूको आनन्द अझ बढाउन म बाँच्नेछु।
26
म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्ट येशूको अझ बढी जय-जयकार गर्न सक्नेछौ।
27
मुख्य कुराचाहिँ यही नै हो, ख्रीष्टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्य लिई स्थिर भएर एउटै इच्छामा सुसमाचारको विश्वासको निम्ति लड्दै छौ भन्ने मैले सुन्न पाँऊ।
28
तिमीहरू आफ्नो विरोधीहरूदेखि नडराओ। सधैँ आँटिला होओ, यसले विरोधीहरूको हार र तिमीहरूको उद्धार हुन्छ भन्ने देखाउँछ। परमेश्वरले नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ।
29
तिमीहरूले ख्रीष्टमा विश्वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ।
30
बितेका दिनहरूमा जोसँग म लडेको तिमीहरूले देखेका थियौ, तिमीहरूले सुनेझैँ त्यससँग म अझ लड्दै छु र अब यस लडाइँमा तिमीहरूले मलाई साथ दिंदै छौ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4