bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Philippians 4
Philippians 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
मेरा प्यारा भाइहरू, तिमीहरू नै मेरो लागि कति प्यारा छौ। म तिमीहरूलाई कति सम्झिरहन्छु। तिमीहरूले मलाई खुसी बनाएका छौ र म तिमीहरूमा गर्व गर्छु। मेरा प्यारा भाइहरू, यसरी नै तिमीहरू प्रभुमा दिगो भइरहो।
2
इयोदिया र सुन्तुखेलाई तिमीहरू प्रभुमा दिदी-बहिनी भई मिल भन्ने मेरो बिन्ती छ।
3
हे मेरो भरपर्दो सहकर्मी, यी स्वास्नी-मान्छेहरूलाई सहयोग देओ किनभने तिनीहरूले त सुसमाचार सुनाउन मसँगै दिलोज्यानले काम गरेका छन् अनि मसँग मात्र होइन, तिनीहरूले क्लेमेससँग र अरू जीवनको पुस्तकमा नाउँ हुने मेरा सहकर्मीहरूसँग पनि काम गरे।
4
प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ।
5
तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ।
6
केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ।
7
परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
8
आखिरमा दाजुभाइहरू, तिमी सत्य, असल, ठीक, स्वच्छ, सुन्दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ।
9
मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्ति दिने परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
10
प्रभुमा म धेरै खुसी छु। धेरै समयपछि फेरि मेरो याद गर्ने मौका पायौ। यो भन्नुको मतलब मेरो याद गरेनौ भनेको होइन तर याद गर्ने मौका पाएका थिएनौ।
11
म खाँचोमा भएँ भनेर यो मैले भनेको होइनँ कारण जे कुरा मसित छ, त्यसैमा सन्तोष मान्न मैले सिकेको छु।
12
खाँचो पर्दा पनि र प्रसस्त हुँदा पनि कसरी जीवन चलाउने, म जान्दछु। जुनसुकै समयमा पनि, अघाए पनि, भोकाए पनि, धेरैमा पनि, थोरैमा पनि मैले सन्तुष्ट भएर जिउन सिकेको छु।
13
म ख्रीष्टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्छु।
14
तैपनि मलाई अप्ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्यौ।
15
सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्डली तिमीहरू मात्र थियौ। त्यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ।
16
थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ।
17
मैले तिमीहरूबाट दान पाउनलाई होइन तर तिमीहरूलाई नै लाभ होस् भन्ने चाहेको हुँ।
18
मैले पाउनुपर्नेभन्दा बढ्ता पाएको छु। तिमीहरूले इपाफ्रोडिटसको हातमा पठाइदिएका दानहरू पाएर म तृप्त भएको छु। ती दानहरूचाहिँ परमेश्वरलाई मनपर्ने सुगन्धित र ग्रहणयोग्य बलिदान हुन्।
19
मेरा परमेश्वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्ट येशूमा भएको उहाँको असीम धन सम्पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ।
20
हाम्रा पिता परमेश्वरको सदासर्वदा जय-जयकार होइरहोस्! आमेन।
21
ख्रीष्ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
22
ख्रीष्ट येशूका सबै पवित्र जनहरूले अनि मुख्य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्।
23
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4