bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Psalms 119
Psalms 119
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 118
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 67
Chapter 68
Chapter 69
Chapter 70
Chapter 71
Chapter 72
Chapter 73
Chapter 74
Chapter 75
Chapter 76
Chapter 77
Chapter 78
Chapter 79
Chapter 80
Chapter 81
Chapter 82
Chapter 83
Chapter 84
Chapter 85
Chapter 86
Chapter 87
Chapter 88
Chapter 89
Chapter 90
Chapter 91
Chapter 92
Chapter 93
Chapter 94
Chapter 95
Chapter 96
Chapter 97
Chapter 98
Chapter 99
Chapter 100
Chapter 101
Chapter 102
Chapter 103
Chapter 104
Chapter 105
Chapter 106
Chapter 107
Chapter 108
Chapter 109
Chapter 110
Chapter 111
Chapter 112
Chapter 113
Chapter 114
Chapter 115
Chapter 116
Chapter 117
Chapter 118
Chapter 119
Chapter 120
Chapter 121
Chapter 122
Chapter 123
Chapter 124
Chapter 125
Chapter 126
Chapter 127
Chapter 128
Chapter 129
Chapter 130
Chapter 131
Chapter 132
Chapter 133
Chapter 134
Chapter 135
Chapter 136
Chapter 137
Chapter 138
Chapter 139
Chapter 140
Chapter 141
Chapter 142
Chapter 143
Chapter 144
Chapter 145
Chapter 146
Chapter 147
Chapter 148
Chapter 149
Chapter 150
Chapter 120 →
1
निर्दोष जीवन बिताउनेहरू, जसले परमप्रभुको व्यवस्थाअनुसार आफ्नो जीवन बिताउँदछन्, तिनीहरू खुसी रहन्छन्।
2
उहाँका आज्ञाअनुसार हिँड्नेहरू खुसी रहन्छन्, जसले आफ्ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्।
3
तिनीहरूले कहिल्यै गल्ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्।
4
परमप्रभु, तपाईंले हामीलाई आफ्ना व्यवस्था दिनुभएको छ, र तिनलाई विश्वासयोग्यतासाथ मान्न आज्ञा गर्नुभएको छ।
5
तपाईंका शिक्षाहरू विश्वासयोग्यतासाथ पालन गर्न सकूँला भन्ने मेरो ठूलो आशा छ।
6
तपाईंका सबै आज्ञाहरूमा मैले ध्यान दिएँ भने मलाई लाज हुनेछैन।
7
तपाईंका उचित धार्मिक न्यायको विषयमा मैले सिक्दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु।
8
म तपाईंका व्यवस्थाहरू मान्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्!
9
युवाहरूले आफ्नो जीवन कसरी पवित्र राख्न सक्छन्? तपाईंका आज्ञाहरू मानेर नै।
10
मेरा सारा हृदयले म तपाईंको सेवा गर्ने कोसिस गर्दछु, मलाई तपाईंका आज्ञाहरू उल्लङ्घन गर्नदेखि बचाउनुहोस्।
11
तपाईंको विरुद्धमा पाप नगरूँ भनी म तपाईंको वचन आफ्नो हृदयमा राख्दछु।
12
हे परमप्रभु, म तपाईंको प्रशंसा गर्दछु, मलाई तपाईंका चालमा चल्न सिकाउनुहोस्।
13
तपाईंले दिनुभएका सारा व्यवस्थाहरू दोहोर्याएर जोडले भन्नेछु।
14
ठूलो सम्पत्ति पाउनुभन्दा तपाईंको आज्ञा मान्न म आनन्द पाउँछु।
15
म तपाईंको अर्ती मनन गर्दछु र तपाईंको शिक्षाको जाँच गर्दछु।
16
म तपाईंका नियममा आनन्द पाउँदछु, म तपाईंका आज्ञाहरू भुल्नेछैनँ।
17
आफ्नो दासको उपकार गर्नुहोस् र मैले जीवित रहेर तपाईंका शिक्षाहरू मान्नेछु।
18
मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्यवस्थामा उदेकका सत्यताहरू देख्न सकूँ।
19
म थोरै समयको लागि यस पृथ्वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्।
20
म सबै समय तपाईंका निसाफहरू जान्न चाहन्छु, ती जान्नलाई मेरो मन छट्पटाउँदछ।
21
तपाईंले अहङ्कारीलाई हकार्नुहुन्छ, तपाईंको आज्ञा नमान्नेहरूले सराप पाउँछन्।
22
तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्यवस्थाहरू मानेको छु।
23
शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु।
24
तपाईंका अर्तीमा म आनन्द पाउँदछु, तिनमा मैले सल्लाहका कुरा पाउँदछु।
25
म हारेर माटोमा लडिरहेको छु, तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार मलाई फेरि उठाउनुहोस्।
26
मैले गरेका सबै कुराको लागि म कायल भएँ र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका चालमा चल्न सिकाउनुहोस्।
27
मलाई तपाईंका व्यवस्थाहरू बुझ्न सहायता गर्नुहोस् र म तपाईंका उदेकका शिक्षामा ध्यान दिनेछु।
28
म अफसोसले विह्वल भएको छु, आफ्नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस्।
29
मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्छ र मलाई आफ्ना व्यवस्था सिकाउनुहोस्।
30
मैले आज्ञाकारी बन्न रोजेको छु; मैले तपाईंको न्यायमा ध्यान दिएको छु।
31
परमप्रभु, मैले तपाईंको अर्ती मानेको छु, मलाई लाजमा पर्न नदिनुहोस्।
32
म उत्सुक भएर तपाईंका आज्ञाहरू मान्नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्छ।
33
परमप्रभु, मलाई तपाईंका व्यवस्थाको अर्थ सिकाउनुहोस् र म सधैँभरि त्यो पालन गर्नेछु।
34
तपाईंको व्यवस्थाको अर्थ बुझाउनुहोस् र म त्यो मान्नेछु, मैले आफ्नो पूरा हृदयले त्यसको पालन गर्नेछु।
35
मलाई तपाईंका आदेशहरू मान्न आज्ञाकारी बनाउनुहोस् किनभने मैले त्यसमा आनन्द पाउँदछु।
36
धनी हुनुभन्दा तपाईंका व्यवस्था पालन गर्ने इच्छा मलाई दिनुहोस्।
37
बेकामका कुरामा ध्यान दिनदेखि मलाई बचाउनुहोस्। तपाईंको प्रतिज्ञाअनुसार मेरो भलाइ गर्नुहोस्।
38
म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञा, जुन प्रतिज्ञा तपाईंले आफ्ना आज्ञा मान्नेहरूसित गर्नुहुन्छ, त्यो मसँग पूरा गर्नुहोस्।
39
मैले डर मानेको अपमानदेखि मलाई बचाउनुहोस्, तपाईंका न्याय कति अचम्मका छन्!
40
म तपाईंका आदेशहरू मान्न चाहन्छु, मलाई नयाँ जीवन दिनुहोस् किनभने तपाईं धर्मी हुनुहुन्छ।
41
तपाईंले मलाई कति प्रेम गर्नुहुन्छ, मलाई देखाउनुहोस्, परमप्रभु! आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्।
42
तब मलाई अपमान गर्नेहरूलाई जवाफ दिन सक्छु किनभने म तपाईंको वचनमा भरोसा गर्दछु।
43
सबै समय सत्य बोल्न शक्ति मलाई दिनुहोस् किनभने तपाईंका न्यायहरूमा मेरो आशा छ।
44
म सदासर्वदै तपाईंको नियम मान्नेछु।
45
म पूरा स्वतन्त्र भएर जिउनेछु किनभने म तपाईंका शिक्षाहरू मान्ने कोसिसमा रहँदछु।
46
मैले राजाहरूलाई तपाईंका आज्ञाहरू सुनाउनेछु र म लाजमापर्नेछैनँ।
47
म तपाईंका आज्ञाहरू मान्दा खुसी हुन्छु किनभने मैले ती आज्ञालाई प्रेम गर्दछु।
48
म तपाईंका आज्ञाहरूको प्रेम र कदर गर्दछु, म तपाईंका अर्तीहरूमा ध्यान दिनेछु।
49
म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्यसले मलाई आशा दिएको छ।
50
मेरो कष्टको बेलामा पनि मैले सान्त्वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो।
51
घमण्डीहरूले मलाई सधैँ घृणा गर्छन्, तर म तपाईंको व्यवस्था छोड्नेछैनँ।
52
धेरैअघिका तपाईंका न्यायहरू म सम्झँन्छु, हे परमप्रभु, तिनले मलाई सान्त्वना दिन्छन्।
53
दुष्टहरूले तपाईंका व्यवस्था तोडेका देख्दा मलाई साह्रै रिस उठ्दछ।
54
पृथ्वीको मेरो छोटो जीवनमा म तपाईंका आज्ञाहरूबारे भजन रच्दछु।
55
परमप्रभु, राती म तपाईंलाई याद गर्दछु र तपाईंको व्यवस्थाबारे सोच्दछु।
56
तपाईंका आज्ञापालन गर्दा म प्रसन्न हुन्छु।
57
हे परमप्रभु! म तपाईंलाई मात्र चाहन्छु, म तपाईंका व्यवस्थाहरू मान्ने प्रतिज्ञा गर्दछु।
58
म तपाईंलाई आफ्नो पूरा हृदयले बिन्ती गर्दछु, तपाईंले दिनुभएको प्रतिज्ञाअनुसार ममाथि कृपा गर्नुहोस्।
59
मैले आफ्नो चालचलनमाथि विचार गरेको छु र म तपाईंका अर्तीहरू मान्ने प्रतिज्ञा गर्दछु।
60
ढिलो नगरी म तपाईंका आज्ञाहरू मान्न हतार गर्दछु।
61
दुष्टहरूले मलाई पासो थापेका छन्, तर म तपाईंको व्यवस्था भुल्दिनँ।
62
तपाईंका धार्मिक न्यायहरूको लागि तपाईंको प्रशंसा गर्न म आधा रातमा जागी उठ्दछु।
63
म तपाईंको सेवा गर्नेहरू र तपाईंका व्यवस्था मान्नेहरू, सबैको मित्र हुँ।
64
परमप्रभु, पृथ्वी तपाईंको अनन्त प्रेमले भरिएको छ, मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्।
65
परमप्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ र आफ्नो दासलाई उपकार गर्नुभएको छ।
66
मलाई ज्ञान र बुद्धि दिनुहोस् किनभने म तपाईंका आज्ञाहरूमा भरोसा राख्छु।
67
तपाईंले मलाई दण्ड दिनुअघि मैले गल्ती गर्दथें, तर अब म तपाईंको वचन मान्दछु।
68
तपाईं कति भलो र दयालु हुनुहुन्छ! मलाई आफ्ना आज्ञाहरू सिकाउनुहोस्!
69
घमण्डी मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनेका छन्, तर म आफ्नो पूरा हृदयले तपाईंका अर्तीहरू मान्दछु।
70
यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु।
71
मैले पाएको दण्ड मेरो लागि राम्रै थियो किनभने त्यसले मलाई तपाईंका आज्ञाहरू सिक्न कर लायो।
72
तपाईंले दिनुभएको व्यवस्था पृथ्वीका सारा धनभन्दा मेरो लागि ठूलो छ।
73
तपाईंले मलाई बनाउनुभयो र मलाई कुशल राख्नुहुन्छ, मलाई समझशक्ति दिनुहोस् र म तपाईंका व्यवस्थाहरू सिक्न सकूँ।
74
तपाईंलाई आदर गर्नेहरू मलाई देखेर खुसी हुनेछन् किनभने म तपाईंको प्रतिज्ञामा भरोसा राख्दछु।
75
परमप्रभु, म जान्दछु कि तपाईंका न्यायहरू धार्मिक छन् र तपाईंले मलाई दण्ड दिनुभयो किनभने तपाईं विश्वासयोग्य हुनुहुन्छ।
76
म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञाअनुसार तपाईंको अटुट प्रेमले मलाई सान्त्वना दिनुहोस्।
77
ममाथि कृपालु हुनुहोस् र म जिउनेछु किनभने म तपाईंको नियममा आनन्द पाउँछु।
78
मलाई झूटो दोष दिएको कारणले घमण्डीहरू लाजमा परून्, मचाहिँ तपाईंका अर्तीहरूमा ध्यान गर्नेछु।
79
तपाईंलाई आदर गर्नेहरू र तपाईंका आज्ञा बुझ्नेहरू सबै मकहाँ आऊन्।
80
मेले तपाईंका व्यवस्था पूर्णरूपले मान्न सकूँ र हार्दा हुने लाजदेखि बाँच्न सकूँ।
81
हे परमप्रभु! तपाईंले मलाई कहिले बचाउनुहुन्छ भनी पर्खंदा-पर्खंदा म थाकिसकें। म तपाईंको वचनमा भरोसा गर्दछु।
82
तपाईंले प्रतिज्ञा गर्नुभएको कुराको बाटो हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके र म सोध्दछु, “तपाईंले मलाई कहिले मद्दत गर्नुहुन्छ?”
83
फ्याँकिएको दाखमद्यको मशकजस्तै म बेकामको छु, तापनि मैले तपाईंका आज्ञाहरूलाई भुलेको छैनँ।
84
अझै मैले कहिलेसम्म पर्खनुपर्ने हो? मेरो खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ?
85
तपाईंको आज्ञा नमान्ने घमण्डी मानिसहरूले मलाई पासोमा पार्न खाडलहरू खनेका छन्।
86
तपाईंका सम्पूर्ण आज्ञाहरू विश्वासयोग्य छन्, झूटो कुरा भनेर मानिसहरूले मलाई सताउँछन्, मेरो मद्दत गर्नुहोस्।
87
मलाई मार्न तिनीहरू झण्डै सफल भएका थिए, तर मैले तपाईंका आज्ञालाई बिर्सेको छैनँ।
88
तपाईंको अनन्त प्रेमको खातिर मेरो भलाइ गर्नुहोस्, र मेले तपाईंको व्यवस्था मान्न सकूँ।
89
हे परमप्रभु! तपाईंको वचन सदा-सर्वदा रहनेछ, यो स्वर्गमा अनन्त छ।
90
तपाईंको विश्वासयोग्यता युगयुगसम्म रहँदछ, तपाईंले पृथ्वीलाई त्यसको ठाउँमा राख्नुभएको छ र त्यो कतै सर्दैन।
91
तपाईंको आज्ञाले सबै कुरा आजसम्म रहेका छन् किनभने ती सबै तपाईंका सेवकहरू हुन्।
92
तपाईंको व्यवस्था मेरो रमाहटको मूल कारण नहुँदो हो त म मेरा कष्टमा मरिसक्नेथिएँ।
93
म तपाईंका अर्तीहरू कहिल्यै भुल्नेछैनँ किनभने तपाईंले तीद्वारा मलाई जीवित राख्नुभएको छ।
94
म तपाईंको हुँ, मलाई बचाउनुहोस्! मैले तपाईंका आज्ञाहरू मान्ने चेष्टा गरेको छु।
95
दुष्टहरू मलाई मार्न पर्खिरहेका छन्, तर म तपाईंका व्यवस्थाहरूमा ध्यान गर्नेछु।
96
हरेक कुराको सीमितता छ भनी मैले सिकेको छु, तर तपाईंको आज्ञा सिद्ध छ।
97
म तपाईंको व्यवस्थालाई कति प्रेम गर्दछु! म दिनभरि त्यसको बारे सोच्दछु।
98
सबै समय तपाईंको आज्ञा मसित छ र मलाई त्यसले मेरा शत्रुहरूभन्दा बुद्धिमान् बनाउँदछ।
99
मेरा गुरुहरूले भन्दा धेरै म बुझ्दछु किनभने म तपाईंका अर्तीहरूमा ध्यान दिँदछु।
100
बुढापाकाहरूको भन्दा बढ्ता बुद्धि मसँग छ किनभने म तपाईंका आज्ञाहरू मान्दछु।
101
मैले खराब बानीहरू लिएको छैनँ किनभने म तपाईंको वचन मान्न चाहन्छु।
102
मैले तपाईंका अर्तीहरूलाई हेला गरेको छैनँ किनभने तपाईं नै मेरो शिक्षक हुनुहुन्छ।
103
तपाईंका अर्तीहरूको स्वाद कति मीठो छ, त्यो महभन्दा मीठो छ।
104
म तपाईंका व्यवस्थाहरूबाट बुद्धि पाउँदछु, यसैले म सबै खराब बानीहरू घृणा गर्दछु।
105
तपाईंको वचन मलाई अगुवाइ गर्ने बत्ती र मलाई बाटो देखाउने ज्योति हो।
106
तपाईंका उचित अर्तीहरू मान्न मैले गरेको गम्भीर प्रतिज्ञा म पूरा गर्नेछु।
107
परमप्रभु, मेरा दु:ख-कष्ट साँच्चै डरलाग्दा छन्, आफ्नो प्रतिज्ञाअनुसार मलाई जीवित राख्नुहोस्।
108
हे परमप्रभु! मेरो धन्यवादको प्रार्थना ग्रहण गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्।
109
म सधैँ आफ्नो जीवन खतरामा हाल्न तयार छु, मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ।
110
दुष्ट मानिसहरूले मलाई पासो थाप्छन्, तर मैले तपाईंका आज्ञाहरू मानेको छु।
111
तपाईंका आज्ञाहरू मेरो अनन्तकालको धन हुन्, ती मेरा हृदयको रमाहट हुन्।
112
म नमरुञ्जेलसम्म मैले तपाईंका व्यवस्थाहरू मान्ने निश्चय गरेको छु।
113
जसको तपाईंमाथि पूरा भक्ति छैन, म तिनीहरूलाई घृणा गर्दछु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्दछु।
114
तपाईं नै मलाई बचाउने र मेरा रक्षक हुनुहुन्छ, म तपाईंको प्रतिज्ञामा आफ्नो आशा राख्दछु।
115
पापी मानिसहरू तिमीहरू मदेखि टाढा हट, म मेरा परमेश्वरका आज्ञाहरू मान्नेछु।
116
आफ्नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस् र म जिउनेछु, मेरो आशामा मलाई निराश नपार्नुहोस्।
117
मलाई समातेर थाम्नुहोस् र म कुशल रहनेछु र सधैँ म तपाईंका आज्ञाहरूमा ध्यान दिनेछु।
118
तपाईंका व्यवस्थाहरू नमान्नेलाई तपाईं अस्वीकार गर्नुहुन्छ, तिनीहरूका छलले भरिएका युक्तिहरू बेकामका छन्।
119
सबै दुष्टहरूलाई तपाईंले कसिङ्गरजस्तै गर्नुहुन्छ, यसैले म तपाईंका शिक्षाहरूलाई प्रेम गर्दछु।
120
तपाईंको डरको कारणले मेरो शरीर काम्दछ तपाईंका न्यायको कारणले ममा डर भरिएको छ।
121
मैले असल र ठीक कुराहरू गरेको छु, मलाई मेरा शत्रुहरूका हातमा नछोडिदिनुहोस्।
122
आफ्नो दासलाई सहायता गर्दछु भनी प्रतिज्ञा गर्नुहोस्, अहङ्कारी मानिसहरूले मलाई सताउन नपाऊन्।
123
तपाईंले मलाई बचाउन मद्दत र प्रतिज्ञा गर्नुभएको उद्धारको बाटो हेर्दाहेर्दा मेरा आँखा थाकिसके।
124
आफ्नो अनन्त प्रेमअनुसार मसँग व्यवहार गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्।
125
म तपाईंको दास हुँ, मलाई समझशक्ति दिनुहोस् र मलाई तपाईंका शिक्षाहरूको ज्ञान हुनेछ।
126
हे परमप्रभु! अब तपाईंले काम गर्नुपर्ने समय आएको छ किनभने मानिसहरूले तपाईंको नियम मान्न छोडेका छन्।
127
म तपाईंका आज्ञाहरूलाई सुन, अँ, सबैभन्दा राम्रो सुनभन्दा पनि धेरै प्रेम गर्दछु।
128
यसैकारण म तपाईंका सबै अर्तीहरू मान्दछु र सबै दुष्ट चालहरू घृणा गर्दछु।
129
तपाईंका शिक्षाहरू उदेकका छन्, म ती सबै आफ्नो हृदयबाट मान्छु।
130
तपाईंका शिक्षाहरूको अर्थ खोलिंदा हामीले ज्योति पाउँछौं र अज्ञानीहरूले बुद्धि पाउँछन्।
131
तपाईंका आज्ञाहरू मान्ने इच्छा राखेकाले गर्दा म आफ्नो मुख खोल्दछु र तिर्सना गर्दछु।
132
जसरी तपाईंसँग प्रेम गर्नेहरूतिर तपाईं फर्कनुहुन्छ र कृपा गर्नुहुन्छ, त्यसरी नै मसँग गर्नुहोस्।
133
तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्।
134
मलाई सताउनेहरूदेखि मलाई बचाउनुहोस्, म तपाईंका आज्ञाहरू मान्न सकूँ।
135
तपाईंको उपस्थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्यवस्थाहरूको शिक्षा मलाई दिनुहोस्।
136
मेरा आँसु नदीझैँ बग्दछ, किनभने मानिसहरूले तपाईंको व्यवस्था मान्दैनन्।
137
परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, तपाईंका व्यवस्थाहरू न्यायपूर्ण छन्।
138
तपाईंले दिनुभएका व्यवस्थाहरू सबै प्रकारले ठीक र धार्मिक छन्।
139
मेरो रिस मभित्र आगोजस्तै जल्दछ किनभने मेरा शत्रुहरूले तपाईंका आज्ञाहरू मान्दैनन्।
140
तपाईंको प्रतिज्ञा कति पक्का छ, म त्यसलाई कति प्रेम गर्दछु!
141
म तुच्छ छु र हेलित छु। तर म तपाईंका शिक्षाहरूलाई हेला गर्दिनँ।
142
तपाईंको धार्मिकता सदाकाल रहनेछ र तपाईंको व्यवस्था सधैँ सत्य छ।
143
म कष्ट र चिन्ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ।
144
तपाईंका अर्तीहरू सधैँ न्यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु।
145
म आफ्नो पूरा हृदयले तपाईंलाई पुकार्दछु, परमप्रभु, मलाई उत्तर दिनुहोस् र म तपाईंका आज्ञाहरू मान्नेछु!
146
म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्यवस्थाहरू पालन गर्नेछु।
147
घाम झुल्कनुअघि म तपाईंलाई मद्दतको लागि बिन्ती गर्दछु। तपाईंको प्रतिज्ञामा म आशा गर्दछु।
148
रातभरि म तपाईंका शिक्षाहरूमा ध्यान गर्न जागा रहन्छु।
149
हे परमप्रभु! तपाईंको अनन्त प्रेमको कारणले मेरो बिन्ती सुन्नुहोस्। तपाईंको कृपा देखाउनुहोस् र मेरो जीवनको रक्षा गर्नुहोस्!
150
तपाईंको व्यवस्था कहिल्यै नमान्ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्।
151
तर तपाईं मेरो नजिक हुनुहुन्छ, परमप्रभु! तपाईंका सबै आज्ञाहरू सदा रहिरहनेछन्।
152
उहिले नै मैले तपाईंका अर्तीहरूको शिक्षा पाएँ, तिनलाई तपाईंले अनन्तकालको लागि राख्नुभएको छ।
153
मेरो दु:ख-कष्ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्यवस्थालाई हेला गरेको छैनँ।
154
मेरो मुद्दाको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्।
155
दुष्टहरू बचाइनेछैनन् किनभने तिनीहरूले तपाईंका व्यवस्थाहरू मान्दैनन्।
156
हे परमप्रभु, तपाईंको माया ठूलो छ; तपाईंको कृपा देखाउनुहोस् र मलाई बचाउनुहोस्!
157
मेरा धेरै शत्रु र सताउनेहरू छन्, तर मैले तपाईंका व्यवस्थाहरू मान्न छोडेको छैनँ।
158
जब म ती विश्वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्दैनन्।
159
हेर्नुहोस्, म तपाईंका शिक्षाहरूलाई कति प्रेम गर्दछु, परमप्रभु! तपाईंको प्रेम कहिल्यै बदलिंदैन, यसकारण मलाई बचाउनुहोस्।
160
तपाईंको व्यवस्था सत्य छ र तपाईंका सबै धार्मिक न्यायहरू अमर छन्।
161
शक्तिशाली मानिसहरूले अन्यायसाथ मलाई आक्रमण गर्छन्, तर म तपाईंको व्यवस्थालाई आदर गर्दछु।
162
तपाईंका प्रतिज्ञाहरूले गर्दा म कति खुसी छु, धेरै धन पाउने मानिसजस्तै म अत्यन्त खुसी छु।
163
सबै झूटा कुराहरू म रुचाउँदिनँ र घृणा गर्दछु, तर म तपाईंको व्यवस्थालाई प्रेम गर्दछु।
164
तपाईंका धार्मिक न्यायका लागि दिनमा सात चोटि म तपाईंलाई धन्यवाद दिँदछु।
165
तपाईंको व्यवस्था मान्नेहरूले पूरा सुरक्षा पाउँछन् र केही कुराले तिनीहरूलाई लडाउनेछैन।
166
हे परमप्रभु! म तपाईंद्वारा बाचूँ भनी पर्खिरहेछु र म तपाईंको आज्ञाअनुसार गर्दछु।
167
म तपाईंका शिक्षाहरू मान्दछु, म तिनलाई सारा हृदयले प्रेम गर्दछु।
168
म तपाईंका आज्ञाहरू र अर्तीहरू पालन गर्दछु, मैले गरेको हरेक कुरा तपाईंले देख्नुहुन्छ।
169
हे परमप्रभु! सहायताको लागि मेरो पुकार तपाईंकहाँ पुगोस्! आफ्नो प्रतिज्ञाअनुसार मलाई समझशक्ति दिनुहोस्।
170
मेरो प्रार्थना सुन्नुहोस् र आफ्नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्।
171
म सधैँभरि तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मलाई आफ्ना व्यवस्थाहरू सिकाउनुहुन्छ।
172
म तपाईंको व्यवस्थाबारे गाउनेछु किनभने तपाईंका आज्ञाहरू धार्मिक छन्।
173
मेरो सहायता गर्न सदा तयार रहनुहोस् किनभने म तपाईंका आज्ञाहरू मान्दछु।
174
हे परमप्रभु, तपाईंले मलाई बचाउने सहायताको निम्ति म कति इच्छा गर्दछु! म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु।
175
मलाई जीवन दिनुहोस् र मैले तपाईंलाई प्रशंसा दिन सकूँ, तपाईंका अर्तीहरूद्वारा म सहायता पाऊँ।
176
हराएको भेडाझैँ म डुलिहिँड्दछु, यसर्थ आउनुहोस् र म तपाईंको दासलाई खोज्नुहोस् किनभने मैले तपाईंका व्यवस्थाहरू बिर्सेको छैनँ।
← Chapter 118
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 51
Chapter 52
Chapter 53
Chapter 54
Chapter 55
Chapter 56
Chapter 57
Chapter 58
Chapter 59
Chapter 60
Chapter 61
Chapter 62
Chapter 63
Chapter 64
Chapter 65
Chapter 66
Chapter 67
Chapter 68
Chapter 69
Chapter 70
Chapter 71
Chapter 72
Chapter 73
Chapter 74
Chapter 75
Chapter 76
Chapter 77
Chapter 78
Chapter 79
Chapter 80
Chapter 81
Chapter 82
Chapter 83
Chapter 84
Chapter 85
Chapter 86
Chapter 87
Chapter 88
Chapter 89
Chapter 90
Chapter 91
Chapter 92
Chapter 93
Chapter 94
Chapter 95
Chapter 96
Chapter 97
Chapter 98
Chapter 99
Chapter 100
Chapter 101
Chapter 102
Chapter 103
Chapter 104
Chapter 105
Chapter 106
Chapter 107
Chapter 108
Chapter 109
Chapter 110
Chapter 111
Chapter 112
Chapter 113
Chapter 114
Chapter 115
Chapter 116
Chapter 117
Chapter 118
Chapter 119
Chapter 120
Chapter 121
Chapter 122
Chapter 123
Chapter 124
Chapter 125
Chapter 126
Chapter 127
Chapter 128
Chapter 129
Chapter 130
Chapter 131
Chapter 132
Chapter 133
Chapter 134
Chapter 135
Chapter 136
Chapter 137
Chapter 138
Chapter 139
Chapter 140
Chapter 141
Chapter 142
Chapter 143
Chapter 144
Chapter 145
Chapter 146
Chapter 147
Chapter 148
Chapter 149
Chapter 150
Chapter 120 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150