bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Titus 2
Titus 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
तर तिमीले चाहिँ साँचो शिक्षामा भएका कुरा सिकाउने गर।
2
बुढा मानिसलाई शान्त, गम्भीर अनि विश्वासी, प्रेम र सहने शक्तिमा पाको हुनुपर्छ भनेर शिक्षा देओ।
3
त्यसरी नै बुढी भएका स्वास्नी-मान्छेहरूले भक्तिको जीवन चुनून्। तिनीहरूले अर्कालाई बिनासित्तीको दोष नलगाऊन्। तिनीहरू रक्सीको वशमा नपरून् र राम्रा कुराहरूको शिक्षा देऊन्।
4
त्यसो भए तिनीहरूले तरुनी स्वास्नी-मान्छेहरूलाई आफ्ना लोग्ने र छोरा-छोरीलाई माया गर्न तालिम दिन सक्नेछन्।
5
अनि उनीहरूले तिनीहरूलाई आफैंलाई वशमा राख्ने, पवित्र मन भएका, दयालु, असल घरजाम गर्ने र लोग्नेको अधीनमा रहने शिक्षा दिनेछन्। त्यस्तै भयो भने परमेश्वरको शिक्षाको बदनाम हुन पाउनेछैन।
6
त्यसरी नै तन्नेरीहरूलाई पनि आफैंलाई वशमा राख्ने शिक्षा देओ।
7
तिमीले नै सबै कुरामा असल कामको नमुना भएर तिनीहरूलाई देखाऊ।
8
शिक्षा दिंदा साँचो र गहिरो, कसैले काट्न नसक्ने पक्का शिक्षाहरू देओ। त्यसो भए शत्रुहरू पनि केही भन्न नसकेर आफैं लाजमा पर्नेछन्।
9
नोकरहरू पनि आफ्ना मालिकहरूको अधीनमा रहेर उनीहरूलाई सबै काममा खुसी पारून्, मुखमुखै नलागून्।
10
कुनै चीज टिपटाप नगरून्। तर सधैँ असल र विश्वासी भएर रहून्। तिनीहरूले जुनसुकै कुरामा पनि हामीलाई मुक्ति दिनुहुने परमेश्वरकै शिक्षाको शोभा बढाऊन्
11
किनभने परमेश्वरको अनुग्रह सबै मानिसहरूलाई मुक्ति दिनलाई नै प्रकट भएको छ।
12
यो अनुग्रहले हामीलाई नराम्रो जीवन र सांसारिक लालच त्याग्न लाउँछ र यो अनुग्रहको कारणले हामी आफैंलाई वशमा राखेर यो संसारमा साँचो र धर्मी जीवन बिताउन सक्छौं।
13
यसरी नै आशा राखेको कुरा पूरा हुने दिनको बाटो हामी हेर्दछौं। त्यो दिन पूज्य परमेश्वर र हामीलाई मुक्ति दिनुहुने येशू ख्रीष्टको ठूलो सम्मान् देखा पर्नेछ।
14
येशू ख्रीष्टले हामीलाई सबै किसिमका पापबाट छुटकारा दिनलाई नै आफ्नो प्राण दिनुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्नो बनाउनुभयो र असल काम गर्ने जोशिला तुल्याउन यसो गर्नुभयो।
15
तिमीले यो शिक्षा दिंदा पूरा अधिकारले हौसला दिनू र हप्काउने गर्नू। कसैले पनि तिमीलाई हेला गर्ने मौका नदेऊ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3