bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Titus 3
Titus 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्यहाँका मानिसहरूलाई सम्झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्।
2
तिनीहरूले कसैको विरोध नगरून् अनि झगडा पनि नगरून् तर सबै मानिसहरूसँग सुधा र मिलनसार होऊन्
3
किनभने हामीहरू आफैं पनि एक समय मूर्ख, अनाज्ञाकारी र भुलमा परेका थियौं। हामीहरू नराम्रा इच्छाहरू र सबै प्रकारका सुख-विलासका कमाराहरू थियौं। हामीहरू आफ्नो जीवन द्वेष र डाहमा बिताउँथ्यौं; हेलित थियौं र एक-अर्कालाई हेला गर्थ्यौं।
4
तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम हामीले देख्यौं,
5
उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्म दिने नुहाइ र पवित्र आत्माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो।
6
मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्टले गर्दा परमेश्वरले उही पवित्र आत्मा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो।
7
यसरी उहाँको अनुग्रहले हामी परमेश्वरका अघि ठीक ठहरिन सक्यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्यौं।
8
यो साँचो कुरो हो। परमेश्वरमा विश्वास गर्ने जतिले असल काम गर्न ध्यान देऊन् भनेर तिमीले जोड दिएको म चाहन्छु। यी असल काम गर्नु नै हाम्रा मानिसहरूलाई फाइदा दिने कुरो हो।
9
तर बेमतलबका छलफल, लामालामा पुर्ख्यौली कथा र व्यवस्थासम्बन्धी झैझगडाहरूबाट भने तर्किएर बस। ती व्यर्थका काम नलाग्ने कुरा हुन्।
10
फाटो ल्याउने मानिसलाई एक-दुई पल्ट सम्झाइदिनू र भएन भने कुनै सम्बन्धै नराख्नू।
11
यो तिमीलाई थाहै छ, यस्ता मानिसको इज्जत नै बिग्रिएको हुन्छ र आफ्नो पापले आफैं दोषी ठहरिन्छ।
12
अर्तिमास वा तुखिकसलाई मैले पठाउने बित्तिकै तिमीचाहिँ निकोपोलिसमा मलाई भेट्न जसरी भए पनि आऊ किनभने मैले त्यहीं नै हिउँदभरि बस्ने विचार गरेको छु।
13
वकील जेनास र अपोल्लोसलाई बाटामा अलि परसम्म पुर्याइदिनू र तिनीहरूलाई चाहिने कुराहरूको पनि याद राख्नू।
14
हाम्रा मानिसहरूले व्यर्थमा जीवन खेर नफालून्। असल काम गर्न आफ्ना समय बिताऊन्, जसबाट अति आवश्यक वस्तु जुटाउन सकिन्छ।
15
यहाँ मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। त्यहाँ भएका प्यारा ख्रीष्टिय दाजुभाइहरूलाई पनि हाम्रो अभिवादन भनिदेओ। परमेश्वरको अनुग्रह तिमी र अरू सबैमा रहोस्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3