bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zephaniah 2
Zephaniah 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
ए लाज नभएको जाति, होशमा आऊ!
2
तिमीहरू भुसझैँ हावाले उडाइलगिनुअघि परमप्रभुको बल्दो क्रोध तिमीहरूमाथि आइपर्नुअघि, उहाँको क्रोध प्रकट हुने दिन आउनुअघि तिमीहरूले होश राख।
3
उहाँको आज्ञापालन गर्ने यस देशका दीन र नम्र मानिसहरू हो! परमप्रभुतिर फर्क, उचित काम गर, परमप्रभुको सामुन्ने आफैंलाई नम्र तुल्याओ। हुन सक्छ, परमप्रभुको क्रोध प्रकट भएको दिन तिमीहरू दण्डबाट बाँच्नेछौ।
4
गाजा सहरमा कोही छोडिनेछैन। अश्कलोन उजाड हुनेछ। अश्दोदका बासिन्दाहरू धपाइन आधा दिन मात्र समय लाग्नेछ। एक्रोनका बासिन्दाहरू आफ्ना सहरबाट धपाइनेछन्।
5
समुद्रको किनारमा बास गर्ने पलिश्तीहरू, तिमीहरूको नाश हुनेछ। तिमीहरूमाथि परमप्रभुले दण्डको आज्ञा दिइसक्नुभएको छ। उहाँले तिमीहरूलाई नष्ट पार्नुहुनेछ। तिमीहरूबाट एक जना पनि जीवित छोडिनेछैनौ।
6
समुद्र किनारको तिमीहरूको जमिनचाहिँ भेडा गोठालाहरूको निम्ति बस्ने स्थान र भेडाहरूको निम्ति चरनहरू बन्नेछ।
7
यहूदाका बाँचेका मानिसहरूले तिमीहरूका जमिन कब्जा गर्नेछन्। तिनीहरूले आफ्ना भेडाहरू त्यहाँ चराउनेछन्। अश्कलोनका घरहरूमा तिनीहरू राती सुत्नेछन्। परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसित रहनुहुनेछ र उहाँले फेरि तिनीहरूको फलिफाप गराउनुहुनेछ।
8
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मोआबी र अम्मोनीहरूले मेरा प्रजालाई खिसी र अपमान गरेका र तिनीहरूका देश लिने धम्की दिएको मैले सुनेको छु।
9
म इस्राएलका जीवित परमप्रभु परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु कि मोआब र अम्मोनचाहिँ सदोम र गमोराजस्तै नाश हुनेछन्। मोआब र अम्मोन जङ्गली झारपातले ढाकेका नुनका खानीहरू बन्नेछन् र सधैँको लागि नष्ट हुनेछन् र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश कब्जा गर्नेछन्।”
10
तिनीहरूले शेखी र घमण्ड अनि सर्वशक्तिमान् परमप्रभुको प्रजालाई अपमान गरेको निम्ति मोआब र अम्मोनका मानिसहरूले त्यस किसिमको सजाय पाउनेछन्।
11
परमप्रभुले तिनीहरूलाई भयभीत पार्नुहुनेछ। पृथ्वीका देवी-देवताहरूलाई उहाँले बेकामको बनाउनुहुनेछ। तब हरेक जातिले आफ्नो देशमा उहाँलाई पुज्नेछ।
12
कूशका बासिन्दाहरूलाई पनि परमप्रभुले मार्नुहुनेछ।
13
परमप्रभुले आफ्नो शक्तिद्वारा अश्शूर देश पनि नाश पार्नुहुनेछ। उहाँले निनवे सहरलाई उजाड र मरुस्थल बनाउनुहुनेछ।
14
त्यो भेडाका बगालहरू, गाई-गोरुका बथानहरू र अरू विभिन्न किसिमका पशुहरू बस्ने ठाउँ हुनेछ। त्यो भताभुङ्ग ठाउँमा लाटोकोसेराहरू बास गर्नेछन् र घरका झ्यालहरूबाट कराउनेछन्। ढोकाका सँघारहरूबाट कागहरू कराउनेछन्। घर बनाउँदा लाएका देवदारुका काठहरू उप्काई लगिनेछन्।
15
आफ्नै बलमा घमण्ड गर्ने र आफैंलाई सुरक्षित छु भन्ठान्ने सहरको गति त्यस्तो हुनेछ। “म मात्र छु र मबाहेक अरू छैन,” भनेर त्यो सहरले ठान्दछ। तर त्यो कस्तो उजाड हुनेछ! जङ्गली जन्तुहरू बास बस्ने ठाउँ हुनेछ! त्यसका छेउबाट भएर जानेहरूले खुच्चिङ गर्दै हात हल्लाउनेछन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3