bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zephaniah 3
Zephaniah 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
भ्रष्टाचारी, विद्रोही र आफ्नै बासिन्दाहरूमाथि अत्याचारी सहर यरूशलेमको नाश हुनेछ।
2
त्यसले परमप्रभुको वचन सुनेको छैन वा उहाँको अनुशासन ग्रहण गरेको छैन। त्यसले परमप्रभुमा आफ्नो भरोसा राखेको छैन वा उहाँको सहायता मागेको छैन।
3
त्यसका भारदारहरू गर्जने सिंहहरूजस्ता छन्, न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन्, जसले खाने लोभमा भोलिपल्ट बिहानसम्म शिकारको एउटा हड्डीसम्म बाँकी राख्दैनन्।
4
अगमवक्ताहरू अहङ्कारी र छली छन्, पूजाहारीहरूले पवित्र थोकलाई अपवित्र पार्दछन् र परमेश्वरको व्यवस्था उल्टा-पाल्टा पार्दछन्।
5
तर, परमप्रभु अझसम्म सहरमा हुनुहुन्छ, उहाँले उचित काम गर्नुहुन्छ, अनुचित कहिल्यै गर्नुहुन्न। हरेक बिहान कहिले नबिराई उहाँले आफ्ना प्रजामाथि न्याय गर्नुहुन्छ। तरै पनि त्यहाँका अधर्मी मानिसहरूले नलजाई पाप गरिरहन्छन्।
6
परमप्रभु भन्नुहुन्छ, “मैले सबै जातिहरूलाई निमिट्यान्न पारेको छु। मैले तिनीहरूका सहरहरू नाश गरेको छु र तिनीहरूका पर्खालहरू र बुर्जाहरू ध्वंस पारी फ्याँकिदिएको छु। सहरहरू निर्जन र बाटोहरू रित्ता छन्, त्यहाँ कोही पनि छैन।
7
मैले त्यस बेला मेरा प्रजाले मलाई आदर गर्नेछन् र मेरा अनुशासन ग्रहण गर्नेछन् र मैले सिकाएका पाठहरू कहिल्यै बिर्सनेछैनन् भनी सोचेको थिएँ। तर धेरै दिन नबित्दै तिनीहरूले पहिलेजस्तै दुष्ट्याइँ गर्न थालिहाले।”
8
परमप्रभु भन्नुहुन्छ, “पर्ख! मैले जाति-जातिलाई दोष लाउने दिनलाई पर्ख। मैले जाति-जाति र राज्य-राज्यलाई भेला गरी मेरो रिस तिनीहरूमाथि खन्याउने पक्का विचार गरिसकेको छु। मेरो क्रोधको आगोमा सारा पृथ्वी भस्म हुनेछ।
9
“तब म जाति-जातिका मानिसहरूको मनमा परिवर्तन ल्याउनेछु र तिनीहरूले मलाई मात्र बिन्ती गर्नेछन् र अरू देवताहरूलाई बिन्ती गर्नेछैनन्। तिनीहरू सबैले मेरा आज्ञापालन गर्नेछन्।
10
छरपष्ट भएका मेरा प्रजाले टाढाका कूशबाट पनि मकहाँ भेटी लिई आउनेछन्।
11
त्यस बेला मेरा प्रजा तिमीहरूले मेरो विरुद्धमा विद्रोह गरेका कारणले लाज मान्नुपर्नेछैन। घमण्ड र शेखीले फुलेकाहरूलाई म हटाउनेछु र मेरो पवित्र डाँडामा तिमीहरूले कहिल्यै फेरि मेरो विरुद्धमा विद्रोह गर्नेछैनौ।
12
त्यहाँ म एउटा दीन र नम्र मानिसहरूलाई छोडिराख्नेछु र तिनीहरूले ममाथि भरोसा राख्नेछन्।
13
इस्राएलका बाँचेका मानिसहरूले कसैलाई बिझाउनेछैनन्, झूट बोल्नेछैनन् र छलछामको काम गर्नेछैनन्। तिनीहरूलाई सुरक्षा र फलिफाप हुनेछ र तिनीहरू कसैसित डराउनेछैनन्।”
14
हे इस्राएलका मानिसहरू हो! हर्षले गीत गाओ र आफ्ना सोर उचाल। हे यरूशलेम! आफ्नो पूरा हृदयले आनन्द मनाऊ।
15
परमप्रभुले तिमीहरूको दण्ड हटाउनुभएको छ, तिम्रा सबै शत्रुहरूलाई धपाउनुभएको छ। परमप्रभु, इस्राएलका राजा, तिमीहरूसित हुनुहुन्छ, तिमीहरूले फेरि डराउनुपर्ने कुनै कारण छैन।
16
समय आउँदै छ, जब तिनीहरूले यरूशलेमलाई यसो भन्नेछन्, “हे सियोन सहर, नडरा! तेरा हातहरू लुला हुन नदे!
17
परमप्रभु तेरा परमेश्वर तँसँग हुनुहुन्छ, उहाँको सामर्थ्यले तँलाई बचाउनुहुनेछ, परमप्रभु तँसित प्रसन्न हुनुहुनेछ, र आफ्नो प्रेममा उहाँले तँलाई नयाँ जीवन दिनुहुनेछ। तँप्रति प्रसन्न भएर उहाँले गीत गाउनुहुनेछ
18
र चाड-पर्वमा मानिसहरूले आनन्द मनाएझैँ उहाँले आनन्द मनाउनुहुनेछ।” परमप्रभु भन्नुहुन्छ: “तिमीहरूको विनाशको डर मैले हटाएको छु, र तिमीहरूको बदनाम मेटिदिएको छु।
19
त्यो समय आउँदै छ! म तिमीहरूमाथि अत्याचार गर्नेहरूलाई दण्ड दिनेछु। लङ्गडाहरूको उद्धार गर्नेछु र विदेशमा छरपष्ट भएकाहरूलाई घर फर्काई ल्याउनेछु। तिनीहरूको लाजलाई इज्जतमा परिणत गरिदिनेछु र सारा जगतले तिनीहरूको प्रशंसा गर्नेछ।
20
त्यो समय आउँदै छ! छरपष्ट भएका तिमीहरूका सन्तानहरूलाई म घर फर्काई ल्याउनेछु, सारा संसारमा म तिमीहरूलाई प्रसिद्ध बनाउनेछु र तिमीहरूकै आँखाअघि म फेरि एकपल्ट तिमीहरूको फलिफाप गराउनेछु।” यसरी परमप्रभु बोल्नुभएको छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3