bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Peter 4
1 Peter 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्यसले पाप गर्न छोड़ेको हुन्छ।
2
यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन, तर परमेश्वरको इच्छामा बिताउँछ।
3
बितेका दिनमा अन्यजातिहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कड़पन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ।
4
तिमीहरू तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्क पर्छन्, र तिमीहरूको बदख्वाइँ गर्छन्।
5
तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।
6
यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्तै शरीरमा इन्साफ पाए तापनि आत्मामा तिनीहरू परमेश्वरजस्तै जिऊन्।
7
सबै कुराको अन्त्य नजिकै आएको छ। यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरहो।
8
सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ।
9
विनागनगन एउटाले अर्काको अतिथिसत्कार गर।
10
जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
11
यदि कसैले बोल्दछ भने, परमेश्वरको वचन बोलेजस्तै त्यसले बोलोस्। यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यसले त्यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरलाई नै प्रशंसा होस्। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
12
प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर।
13
तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक।
14
यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयौ भने तिमीहरू धन्यका हौ। किनभने महिमाका र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ।
15
तर तिमीहरूमध्ये कसैले पनि हत्यारा, वा चोर, वा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैँ दुःख नभोग।
16
तर कसैले ख्रीष्टियान भएको कारण दुःख भोग्दछ भनेता उसले लाज नमानोस, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।
17
किनभने न्याय परमेश्वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्छ भनेता परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त्य कस्तो होला?
18
अनि, “यदि धर्मी जनको उद्धार कठिनसँग हुन्छ भने अधर्मी र पापीको गति के हुने?”
19
यसकारण परमेश्वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ता कहाँ सुम्पून्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5