bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Peter 5
1 Peter 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु।
2
तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ,
3
तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर।
4
र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ।
5
त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
6
यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
7
तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
8
सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
9
विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।
10
सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।
11
उहाँलाई नै पराक्रम र शक्ति सदासर्वदा भइरहोस्। आमेन।
12
विश्वासयोग्य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु। अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्वरको साँचो अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।
13
बेबिलोनमा भएकी तिमीहरूजस्तै चुनिएकीले, र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
14
एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर। ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5