bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Habakkuk 2
Habakkuk 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
म मेरो पहरामा नै उभिरहनेछु, र पर्खालमा म आफै खड़ा रहनेछु, र उहाँ मलाई के भन्नुहुन्छ सो म हेर्दैरहनेछु। यस उजूरको कस्तो जवाफ मैले दिनुपर्ने सो म हेरिबस्नेछु।
2
तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख्, र समाचारवाहक त्यससित दौड्न सकोस्।
3
किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।
4
“हेर्, त्यो घमण्डले फुलिएको छ, त्यसका इच्छाहरू सोझा छैनन्— तर धर्मीचाहिँ आफ्नो विश्वासद्वारा जिउनेछ।
5
निश्चय नै दाखमद्यले त्यसलाई धोका दिन्छ। त्यो हठी छ र त्यो कहिल्यै शान्तसित बस्दैन, किनभने त्यो चिहानझैँ लोभी छ। मृत्युझैँ त्यो कहिल्यै अघाउँदैन। त्यसले सारा जाति-जातिहरूलाई आफूकहाँ बटुल्छ, र सारा मानिसहरूलाई कैद गर्छ।
6
“के ती सबैले यसो भनेर त्यसको विरुद्धमा हाँसो र ठट्टा गर्दैनन् र? ‘चोरको माल थुपार्ने र जबरजस्ती खोसेर ल्याएका मालले धनी हुनेलाई धिक्कार! त्यसले कहिलेसम्म त्यसो गर्ने?’
7
के तेरा कर्जादारहरू एक्कासि उठ्नेछैनन् र? तिनीहरू बिउँझेर तँलाई थर्कमान बनाउँदैनन् र? तब तँ तिनीहरूको शिकार हुनेछस्,
8
तैंले जाति-जातिहरूलाई लुटेको छस्, यसकारण बाँचेका मानिसहरूले तँलाई लुटनेछन्। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्।
9
“धिक्कार त्यसलाई, जसले अन्यायबाट कमाएको लाभबाट आफ्नो राज्य बनाउँछ, ताकि उसको गुँड़ उच्च ठाउँमा बनाई ऊ विध्वंशबाट बचोस्।
10
तैंले धेरै मानिसहरूका सर्वनाशको निम्ति षड्यन्त्र रचेको छस्। तैंले आफ्नै घरलाई लाजमा डुबाएर आफ्नो जीवन गुमाइस्।
11
पर्खालका भित्तादेखि ढुङ्गाहरूले दुहाई दिनेछन्, र काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।
12
धिक्कार त्यसलाई, जसले रक्तपातले सहर निर्माण गर्दछ, र अधर्मद्वारा नगर स्थापित गर्दछ।
13
के सर्वशक्तिमान् परमप्रभुले यो ठहराउनुभएको होइन, कि मानिसहरूको परिश्रम त आगोको निम्ति मात्र हुन्छ, कि जाति-जातिहरू व्यर्थैमा आफै थकित हुँदैछन्?
14
किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।
15
“धिक्कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूको नाङ्गो शरीर एकटक लगाएर हेर्न आफ्नो मशकबाट तिनीहरूलाई मद्यपान गराइ टिल्ल पार्छन्।
16
गौरवको सट्टा तँ शर्मले भरिनेछस्। अब तेरो पालो आयो, तँ पनि पिई र उदाङ्गो हो। परमप्रभुको दाहिने हातको कचौरा तँकहाँ आउँदैछ, र तेरो गौरव लाजले ढाकिनेछ।
17
लेबनानमाथि तैंले गरेको उपद्रवले तँलाई नै ढाक्नेछ, र तैंले त्यहाँका पशुहरूलाई गरेको सर्वनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैंले मानिसको रगत बगाइस्, र तैंले देशहरू र सहरहरू र तिनमा रहने सबैलाई सर्वनाश गरिस्।
18
“मान्छेले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा झूट सिकाउने प्रतिमाको के मूल्य छ? किनकि त्यो बनाउने कारीगरले आफ्नै हातले बनाएको सृष्टिमा भरोसा राख्तछ। उसले मूर्तिहरू बनाउँछ, जसले बोल्न सक्दैन।
19
“धिक्कार त्यसलाई, जसले काठलाई भन्छ, ‘जिउँदो होऊ,’ र बोल्न नसक्ने ढुङ्गालाई भन्छ, ‘जाग’। के त्यसले मार्ग दर्शन गर्न सक्छ? त्यो त सुन र चाँदीले मोहोरिएको छ, त्यसमा सास नै छैन।
20
तर परमप्रभु त आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। सारा पृथ्वी उहाँको सामुन्ने चूपचाप रहोस्।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3