bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Habakkuk 3
Habakkuk 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताको प्रार्थना।
2
हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्न दिनुहोस्। क्रोधमा कृपा गर्नुहोस्।
3
परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो।
4
उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो।
5
उहाँको अगि रूढ़ी फैलिँदैगयो, महामारी उहाँका पाइला पछिपछि लाग्यो।
6
खड़ा भएर उहाँले पृथ्वीलाई हल्लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्छा खाएर लड़े। उहाँका चाल अनन्त हुन्छन्।
7
मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्थानहरू शोकमा परेका देखें।
8
के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्ना घोड़ाहरूमाथि र आफ्ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो?
9
तपाईंले आफ्नो धनु निकाल्नुभयो, तपाईंले धेरै काँड़हरू ल्याउनु भनी भन्नुभयो। सेला तपाईंले नदीहरूद्वारा पृथ्वीलाई चिर्नुभयो।
10
पर्वतहरू तपाईंलाई देखेर मड़ारिए। मुसलधारे पानी छेउबाट बगेर गयो। समुद्र गर्ज्यो र आफ्ना छाल उठायो।
11
तपाईंका उड़िरहेका काँड़हरूको चमकले, र तपाईंको चम्कने भालाको चमकले गर्दा, सूर्य र चन्द्र आकाशमा टक्क अड़िए।
12
क्रोधमा तपाईं पृथ्वीमा हिँड्नुभयो, रीसमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभयो।
13
आफ्नो प्रजाको उद्धारको लागि, आफ्ना अभिषिक्त जनलाई बचाउनका निम्ति तपाईं निस्कनुभयो। दुष्टताका देशको नेतालाई तपाईंले धूलोपीठो पार्नुभयो, त्यसलाई टाउकोदेखि खुट्टैसम्म नाङ्गो पार्नुभयो। सेला
14
जब लुकिरहेका दु:खितहरूलाई निलौंला भन्ने इच्छा लिएर त्यसका योद्धाहरू आँधीझैँ हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्यसकै भालाले त्यसको शिर छेड्नुभयो।
15
तपाईंले ठूला पानीहरूलाई मन्थन गर्दै समुद्रलाई आफ्ना घोड़ाहरूले कुल्चनुभयो।
16
मैले सुनें र मेरो मुटु काम्न लाग्यो, त्यो सोर सुन्दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्ति म धैर्यसाथ पर्खिरहनेछु।
17
चाहे अञ्जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि,
18
म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।
19
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ। सङ्गीत-निर्देशकको निम्ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3