bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Haggai 1
Haggai 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 2 →
1
दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो।
2
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यी मानिसहरू भन्छन्, ‘परमप्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन’।”
3
तब परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
4
“यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र?”
5
अब सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू आ-आफ्ना चालको होशियारीसाथ विचार गर।
6
तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।”
7
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका आ-आफ्ना चालको होशियारीसाथ विचार गर।
8
डाँड़ा-डाँड़ा उक्लेर काठपात ल्याओ र भवन बनाओ, र म त्यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्नुहुन्छ।
9
“तिमीहरूले धेरै आशा गर्यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनभने मेरो भवनचाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ।
10
यसकारण आकाशले शीत पर्न र पृथ्वीले अन्न उब्जन रोकिदिएको छ।
11
मैले खेतहरू र डाँड़ाहरू, अन्न र नयाँ दाखमद्य, तेल र जमिनले उब्जाउने जति सबैमा, मानिसहरूमा, पाल्तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”
12
तब परमप्रभु आफ्ना परमेश्वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्ना परमेश्वरको आवाज र हाग्गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने।
13
तब परमप्रभुका समाचारवाहक हाग्गैले प्रजालाई परमप्रभुको यो समाचार सुनाए: “म तिमीहरूसँगै छु” भनी परमप्रभु भन्नुहुन्छ।
14
यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान् परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा काम गर्न सुरु गरे।
15
दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 2 →
All chapters:
1
2
Recommended Reading
Commentary
Haggai Commentaries
→
Devotional
Haggai Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→