bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Haggai 2
Haggai 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
1
सातौँ महिनाको एक्काईसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
2
“शालतिएलको छोरो यहूदाको राज्यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्।
3
तिनीहरूलाई सोध्, ‘तिमीहरूमध्ये अब यहाँ को बाँकी छ, जसले यो भवनको अघिको महिमा देखेको थियो? अहिले तिमीहरूलाई यो कस्तो देखिन्छ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्तो लाग्छ?’
4
परमप्रभु भन्नुहुन्छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्।’ परमप्रभु भन्नुहुन्छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
5
“तिमीहरू मिश्रदेशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।
6
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘अब थोरै बेरपछि म फेरि आकाश, पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्लाउनेछु।
7
म सबै जाति-जातिहरूलाई हल्लाउनेछु, र इच्छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
8
‘चाँदी मेरै हो, र सुन पनि मेरै हो’ भनी परमप्रभु भन्नुहुन्छ।
9
‘यस भवनका पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। ‘अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ।”
10
दाराका राज्यको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो:
11
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘पूजाहारीहरूलाई व्यवस्थाले के भन्छ सोध्।
12
यदि कुनै मानिसले आफ्नो लुगाको पोल्टोमा पवित्र पारेको मासु पोको पारेर त्यस किनारले केही रोटी, सुरुवा, दाखमद्य, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्यो पवित्र हुन्छ र’?” पूजाहारीहरूले जवाफ दिएर भने, “हुँदैन।”
13
तब हाग्गैले भने, “मुर्दा छोएको दूषित मानिसले यस्तो कुनै एउटा कुरा छोयो भने के त्यो दूषित हुन्छ?” ती पूजाहारीहरूले जवाफ दिएर भने, “त्यो दूषित हुन्छ।”
14
तब हाग्गैले भने, “‘मेरो दृष्टिमा यो प्रजा र यो जाति त्यस्तै छ,’ भनी परमप्रभु भन्नुहुन्छ। ‘यिनीहरू जे गर्छन् र जे चढ़ाउँछन्, त्यो दूषित हुन्छ।
15
“‘विचार गर, आज उप्रान्त यस कुरामाथि राम्ररी विचार गर। परमप्रभुको मन्दिर बनाउँदा ढुङ्गामाथि ढुङ्गा लगाउन अघि स्थिति कस्तो थियो? विचार गर।
16
ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्न आउनेले बीस लिटर मात्र पाउँदथ्यो।
17
मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्नुहुन्छ।
18
‘आजको दिन उसो, जुन दिन परमप्रभुका मन्दिरको जग बसालिएको थियो, अर्थात् नवौँ महिनाको चौबीसौँ दिनलाई राम्ररी विचार गर।
19
के धनसारमा बीउ अझ बाँकी छ? दाखको लहरा, नेभाराको बोट, अनार र जैतून बोटले अहिलेसम्म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु’।”
20
अनि त्यही नवौँ महिनाको चौबीसौँ दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्गैकहाँ आयो:
21
“यहूदाको राज्यपाल यरुबाबेललाई भन्, कि म आकाश र पृथ्वीलाई हल्लाउनेछु।
22
म राजकीय सिंहासनहरूलाई पल्टाउनेछु, र विदेशी राज्यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोड़ा र घोड़चढ़ीहरू आफ्ना-आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्।’
23
“सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्तै तुल्याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान् परमप्रभु यही घोषणा गर्नुहुन्छ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
All chapters:
1
2