bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Peter 2
2 Peter 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्।
2
धेरैले आ-आफ्ना भ्रष्ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्।
3
त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन।
4
किनकि परमेश्वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो।
5
यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो।
6
उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो।
7
अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्ट जीवनदेखि व्याकुल भएका थिए।
8
(किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।)
9
यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ।
10
यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्। ती मानिसहरू साहसी र हठी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्।
11
स्वर्गदूतहरू, तिनीहरू बलिया र धेरै शक्तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्।
12
तर यी मानिसहरू आफूले नबुझेका कुराहरूको पनि निन्दा गर्दछन्। तिनीहरू विवेकहीन पशुसमान छन्; स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्; अनि तिनीहरू पनि पशुहरूझैँ नाश हुनेछन्।
13
तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्।
14
व्यभिचारपूर्ण आँखाले भरिएका तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरूले चञ्चल मन भएकाहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभ गर्नमा बानी परेकाहरू हुन्, श्रापित सन्तान हुन्!
15
तिनीहरू सीधा बाटो छोडी बओरको छोरा बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्टताको ज्यालालाई रुचाए;
16
तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो र अगमवक्ताको पागलपनलाई रोकिदियो।
17
यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ।
18
किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै अभिलाषाको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्।
19
झूटा शिक्षकहरूले तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनमा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ।
20
यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर संसारको भ्रष्टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ।
21
तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो।
22
उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,” र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3