bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Peter 3
2 Peter 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु।
2
म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु।
3
सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्ट विचारहरूलाई पछ्याउनेछन्।
4
अनि तिनीहरूले भन्नेछन्, “उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।”
5
परमेश्वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्।
6
अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्।
7
त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्।
8
मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो।
9
केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्न; तर प्रत्येकले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।
10
तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
11
यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ।
12
जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।
13
तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र एउटा पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो।
14
त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर।
15
अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।
16
उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्।
17
त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्।
18
तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3