bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Habakkuk 1
Habakkuk 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
हबकूक अगमवक्ताले पाएका भविष्यवाणी यही हो।
2
हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, तर तपाईंले सुन्नुहुन्न?
3
किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्।
4
यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ।
5
“राष्ट्रहरूलाई हेर्, विचार गर्, र आश्चर्यचकित हो; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई भनियो भने पनि तिमीहरूले विश्वास गर्नेछैनौ।
6
म बेबिलोनीहरूलाई खडा गर्दैछु, जो निर्दयी र उग्र स्वभावका छन्; तिनीहरू अर्काको घरबारहरू कब्जा गर्नलाई सारा पृथ्वीभरि नै बढेर जान्छन्।
7
तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्; तिनीहरू आफैँमा, आफ्ना निम्ति कानुन हुन्, र तिनीहरू आफ्नो मनोमानी गर्छन्।
8
तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्; तिनीहरू राति निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्। तिनीहरूका घोडचढी सेनाहरू एकोहोरो अगि बढ्छन्; तिनीहरूका घोडसवारहरू टाढाबाट आउँछन्। तिनीहरू शिकारलाई झम्टिन वेग हानेर उड्ने चीलझैँ आउँछन्;
9
तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्। तिनीहरूको सैन्यदल मरुभूमिको हुरीझैँ अगि बढ्छ, र कैदीहरूलाई बालुवाझैँ एक ठाउँमा जम्मा गर्छन्।
10
तिनीहरूले राजाहरूको गिल्ला गर्छन्, र शासकहरूको खिल्ली उडाउँछन्। तिनीहरू बलियो किल्ला भएका सहरहरूलाई हाँसोमा उडाउँछन्; तिनीहरूले माटोको ढिस्को खडा गरेरै ती कब्जा गर्दछन्।
11
त्यसपछि तिनीहरू जोडसँग हावा बहेझैँ हुँइकिन्छन् र अगि बढिरहन्छन्; तर ती दोषी मानिसहरू हुन्; किनकि तिनीहरूको आफ्नो शक्ति भनेको नै तिनीहरूको देवता हो।”
12
हे याहवेह, के तपाईं अनादिदेखि नै हुनुहुन्न र? हे मेरा परमेश्वर, मेरा पवित्र परमेश्वर, तपाईंको अन्त्य कहिल्यै हुँदैन। हे याहवेह, तपाईंले तिनीहरूलाई न्याय कायम राख्नलाई नियुक्त गर्नुभएको छ। हे मेरा चट्टान, तपाईंले तिनीहरूलाई दण्ड दिनका निम्ति नियुक्त गर्नुभएको छ।
13
तपाईंका दृष्टिहरू यति पवित्र छन्, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न, र दुष्ट कार्यहरू पनि सहन सक्नुहुन्न। तब किन तपाईं विश्वासघातीहरूलाई सहनुहुन्छ? जब दुष्टहरूले आफूभन्दा धर्मीहरूलाई निल्दछन्, तब किन तपाईं चुप लागेर बस्नुहुन्छ?
14
तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका सामुद्रिक प्राणीहरूजस्ता बनाउनुभएको छ।
15
दुष्ट शत्रुले तिनीहरू सबैलाई बल्छीले उनेर बाहिर निकाल्छ, र त्यसले तिनीहरूलाई आफ्नो जालमा पक्रन्छ; त्यसले आफ्नो महाजालमा तिनीहरूलाई जम्मा गर्छ; यसरी त्यो रमाउँछ र आनन्द मनाउँछ।
16
त्यसकारण त्यसले आफ्नो जाललाई बलि चढाउँछ, र महाजालको निम्ति धूप बाल्छ; किनकि त्यसको जालको कमाइले त्यो चैन गर्दछ, र उत्तम-उत्तम भोजनको आनन्द लिँदछ।
17
के तपाईं त्यसलाई आफ्नो जाल रित्याउँदै निर्दयतापूर्वक राष्ट्रहरूलाई नष्ट गरिरहन दिनुहुन्छ?
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3