bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Habakkuk 3
Habakkuk 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।
2
हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्!
3
परमेश्वर तेमानबाट आउनुभयो, पवित्र परमेश्वर पारान पर्वतबाट आउनुभयो। उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।
4
उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो।
5
उहाँको अगाडि महामारी फैलिँदै गयो; उहाँको पछि-पछि रूढी लाग्यो।
6
उहाँ उभिनुभयो र पृथ्वीलाई हल्लाउनुभयो; उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। प्राचीन पर्वतहरू चकनाचुर भए; अनि पुराना पहाडहरू ध्वस्त भए। तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्।
7
मैले कूशनका पालहरू कष्टमा परेका देखेँ; मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।
8
हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? जब तपाईं आफ्ना घोडा र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो?
9
तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;
10
तपाईंलाई देखेर पर्वतहरू थर्किए। प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; गहिरो समुद्र गर्ज्यो र त्यसका छालहरू माथिसम्म उठे।
11
वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, आकाशमा सूर्य र चन्द्रमा टक्क अडिए।
12
क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।
13
तपाईं आफ्नो जातिलाई छुटकारा दिन र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। तपाईंले दुष्टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।
14
जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, तब तपाईंले त्यसको आफ्नै भालाले त्यसको टाउको छेडिदिनुभयो।
15
तपाईंले महासागरलाई मन्थन गर्दै, आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।
16
मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।
17
चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, र अङ्गुरको बोटमा फल नफलोस्; चाहे जैतुनको रूखले फल नफलाओस्, र खेतबारीले अन्नबाली नउब्जाओस्, चाहे खोरमा भेडाबाख्रा र गोठहरूमा गाईबस्तु नरहून्।
18
तापनि म याहवेहमा रमाउनेछु। मेरो उद्धारकर्ता परमेश्वरमा आनन्दित हुनेछु।
19
प्रभु याहवेह मेरो बल हुनुहुन्छ; उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3