bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
James 4
James 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र?
2
तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्वरसित माग्दैनौ।
3
तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।
4
तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्वरको शत्रु बन्छ।
5
अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ?
6
तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”
7
यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।
8
परमेश्वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार!
9
दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्।
10
प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
11
हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।
12
व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?
13
अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।”
14
तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ।
15
यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्नुपर्नेथियो।
16
तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्टता हो।
17
त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5