bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
James 5
James 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्ट आइरहेको छ।
2
तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्।
3
तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ।
4
हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ।
5
तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्टाइराखेका छौ।
6
तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ।
7
त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्लो र पछिल्लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ।
8
तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।
9
हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!
10
हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ।
11
तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
12
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।
13
के तिमीहरूमध्ये कोही सङ्कष्टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्।
14
के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई त्यसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाउनुपर्छ।
15
अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।
16
यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
17
एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।
18
तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्नहरू उब्जायो।
19
हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
20
यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5