bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Lamentations 4
Lamentations 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
सुनले कसरी आफ्नो चमक हरायो! निखुर सुन कसरी फिक्का भएको छ! हरेक पवित्र पत्थरहरू सडकको कुनामा छरपस्ट भएका छन्।
2
सियोनका बहुमूल्य छोराहरू, जो एक पटक सुन जत्तिकै उत्कृष्ट थिए, तर अहिले तिनीहरू कुमालेका हातले बनेका माटाका भाँडा समान गनिएका छन्!
3
स्यालका माउले पनि तिनीहरूका बच्चालाई आफ्ना स्तनपान गराउँछन्, तर मेरा प्रजा मरुभूमिका शुतुरमुर्गजस्तै हृदयविहीन भएका छन्।
4
किनकि दुधे बालकको जिब्रो तिर्खाले त्यसको मुखको तालुमा टाँसिन्छ; केटाकेटीहरूले खानेकुरा माग्छन्, तर कसैले पनि तिनीहरूलाई केही दिँदैनन्।
5
कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू अहिले सडकहरूमा बेसहारा भएका छन्। राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू अहिले खरानीको घुरानमा बसिरहेका छन्।
6
मेरो प्रजाको दण्ड सदोमको दण्डभन्दा ठूलो छ, जुन सहर क्षणभरमा विनाश भयो, जसलाई गुहार गर्ने मान्छे एउटै पनि भएन।
7
त्यसका राजकुमारहरू हिउँभन्दा चम्किला र दूधभन्दा सेता थिए; तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो।
8
तर अहिले तिनीहरूको रूप मोसोभन्दा कालो भएको छ; तिनीहरू सडकहरूमा चिनिँदैनन्। तिनीहरूका छाला हड्डीहरूमा टाँसिएको छ; त्यो काठझैँ सुक्खा भएको छ।
9
अनिकालले मर्नेहरूभन्दा तरवारले मारिएकाहरू झन् असल हुन्छन्; तिनीहरू जमिनका फसलको अभाव र भोकले पीडित भएर सुक्दै गइरहेका छन्।
10
जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए, तब दयालु हृदय भएका स्त्रीहरूले पनि आफ्नै हातले आफ्ना छोराछोरीहरूलाई पकाए; आफ्नै सन्तानहरू तिनीहरूका भोजन भए।
11
याहवेहले आफ्नो क्रोध पूर्ण रूपमा प्रकट गर्नुभएको छ; उहाँले आफ्नो भयङ्कर रिस पोख्नुभएको छ। उहाँले सियोनमा रिसको आगो सल्काउनुभएको छ, र आगोले त्यसका जगहरू भस्म भएको छ।
12
कुनै पनि शत्रु र विरोधीहरू यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी न पृथ्वीका राजाहरूले, न त संसारका कुनै मानिसले नै विश्वास गरेका थिए।
13
तर त्यस देशका अगमवक्ताहरूका पाप र पुजारीहरूका अपराधको कारणले गर्दा त्यसो भएको हो। तिनीहरूले यरूशलेमभित्र धर्मीहरूका रगत बगाएका थिए।
14
अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता सडकहरूमा छामछुम गरेर हिँड्छन्। तिनीहरू रगत लागेर यति अशुद्ध भएका छन्, कि तिनीहरूका वस्त्रहरू कसैले पनि छुन चाहँदैनन्।
15
मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्, “टाढा जाओ! तिमीहरू अशुद्ध छौ!” “टाढा जाओ! टाढा जाओ! हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ते भए, तब राष्ट्रहरूको बीचमा विदेशी मानिसहरूले यसो भने, “तिनीहरू अब हामीसित बसोबास गर्न पाउनेछैनन्।”
16
याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ; अब उहाँले तिनीहरूको वास्ता गर्न छोड्नुभएको छ। न पुजारीहरूलाई सम्मान दिइएको छ, न त अगुवाहरूलाई नै कृपादृष्टि देखाइएको छ।
17
गुहारका निम्ति व्यर्थै बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्टाइसके; हामीले आफ्नो धरहराबाट यस्तो राष्ट्रको बाटो हेरिबस्यौँ, जसले हामीलाई बचाउन सकेन।
18
मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो।
19
हामीलाई खेदो गर्नेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला थिए; तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, र मरुभूमिमा हामीलाई ढुकेर बसे।
20
याहवेहको अभिषिक्त राजा, हाम्रो जीवनको सास, तिनकै पासोमा थियो। हामीले सोच्यौँ कि राजाकै छायामुनि हामी राष्ट्रहरूका बीचमा सुरक्षित बसोबास गर्नेछौँ।
21
हे ऊज देशमा बसोबास गर्ने एदोमकी छोरी, रमा र आनन्दित हो। तर पनि त्यो कचौरा तँलाई पिउनलाई दिइनेछ; त्यो कचौरा पिएर तँ मात्तिनेछस्, र आफैँलाई नाङ्गो पार्नेछस्।
22
हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ; उहाँले तेरो निर्वासनको अवधि लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, उहाँले तेरो पापको दण्ड दिनुहुनेछ; अनि उहाँले तेरो दुष्टता प्रकट गरिदिनुहुनेछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5