bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Lamentations 5
Lamentations 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।
2
हाम्रो उत्तराधिकार अपरिचितहरूलाई र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।
3
हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।
4
आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्नुपर्छ।
5
हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।
6
हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
7
हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
8
दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।
9
मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,
10
हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ।
11
सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
12
शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
13
जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
14
अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।
15
हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो।
16
हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्कार छ; किनभने हामीले पाप गरेका छौँ!
17
यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;
18
किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
19
हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
20
तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
21
यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,
22
हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, र हामी तपाईंकहाँ फर्कन सकौँ; हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5