bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Malachi 2
Malachi 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
“अब, हे पुजारीहरू हो, यो चेतावनी तिमीहरूका निम्ति हो।
2
यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ।
3
“तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ।
4
अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
5
“मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो।
6
त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो।
7
“पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ।
8
तर तिमीहरू आफ्नो बाटो छोडेर बरालिएका छौ, र तिमीहरूका शिक्षाले धेरैलाई ठक्कर खुवाएका छौ; तिमीहरूले लेवीसित बाँधेको करारलाई उल्लङ्घन गरेका छौ,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
9
“यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।”
10
के हामी सबैका एउटै पिता हुनुहुन्न र? के एउटै परमेश्वरले हामीलाई बनाउनुभएको होइन र? किन हामी एक-आपसमा विश्वासघात गरेर हाम्रा पितापुर्खाको करारलाई भङ्ग गर्दछौँ?
11
यहूदाले विश्वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ।
12
त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्।
13
तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ।
14
तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
15
के परमेश्वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्वरले के खोज्नुहुन्छ र? ईश्वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्वासघात नगर।
16
याहवेह इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र विश्वासघात नगर।
17
तिमीहरूले आफ्ना कुराले याहवेहलाई दिक्क बनाएका छौ। तिमीहरू सोध्छौ, “कसरी हामीले दिक्क बनाएका छौँ?” यसो भनेर, “दुष्कर्म गर्नेहरू पनि याहवेहका दृष्टिमा असल छन् र उहाँ तिनीहरूसित प्रसन्न हुनुहुन्छ,” अथवा “न्याय गर्ने परमेश्वर कहाँ हुनुहुन्छ?”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4