bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Malachi 4
Malachi 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
“त्यो दिन निश्चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन।
2
तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ।
3
तब तिमीहरूले दुष्टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
4
“मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ।
5
“हेर, याहवेहको त्यो महान् र डरलाग्दो दिन आउनुभन्दा अगि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु।
6
त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4