bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Zephaniah 2
Zephaniah 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
ए लाज नभएको राष्ट्र, एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ!
2
जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि, र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि, याहवेहको भयङ्कर क्रोध तिमीहरूमाथि आउनुभन्दा अगि, र याहवेहको क्रोधको दिन तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै।
3
हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ, तिमीहरूले याहवेहको खोजी गर। धार्मिकता र नम्रताको खोजी गर; सायद याहवेहको क्रोधको दिनमा तिमीहरूले शरण पाउनेछौ।
4
गाजालाई त्यागिनेछ, र अश्कलोनलाई उजाड पारिनेछ। मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ।
5
समुद्रका छेउमा बसोबास गर्ने, हे करेतीहरू हो, तिमीहरूलाई धिक्कार छ; हे पलिश्तीहरूको देश, कनान, याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ, उहाँले भन्नुहुन्छ, “म तँलाई नाश पार्नेछु, कोही पनि जीवित छोडिनेछैन।”
6
समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ र भेडाहरूका निम्ति गोठ हुनेछ।
7
त्यो समुद्री किनारको भूमि यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ; त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्। राति तिनीहरू अश्कलोनका घरहरूमा सुत्नेछन्। याहवेह, तिनीहरूका परमेश्वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ; उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।
8
“मैले मोआबले गरेको अपमान र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्।
9
यसकारण म जीवित भएझैँ,” सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ, “निश्चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै हुनेछन्; सामा र नुनका खाडलैखाडल भएको ठाउँ, र सधैँका निम्ति रुखो जमिन हुनेछन्। मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्; मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।”
10
तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।
11
याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।
12
“हे कूशका मानिसहरू हो, तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।”
13
उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, र अश्शूरलाई नाश गर्नुहुनेछ; अनि निनवेलाई पूरै उजाड र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।
14
त्यहाँ सबै किसिमका जीवजन्तुका बथान र बगालले आराम गर्नेछन्; मरुभूमिको उल्लु र कराउने उल्लुहरूले त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्। झ्यालहरूबाट ती उल्लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्; ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्, र देवदारुका चौकसहरू उदाङ्गिनेछन्।
15
यो त्यही घमण्डी सहर हो, जुन सुरक्षितसाथ निर्धक्क बस्दथ्यो। त्यसले आफूलाई भनेकी थिई, “म नै हुँ, र मबाहेक अरू कोही छैन!” अहिले त्यसको कस्तो विनाश भएको छ! त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ! त्यहाँबाट भएर जानेहरू सबैले त्यसलाई आफ्नो मुक्का देखाएर खिसी गर्नेछन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3