bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Amos 5
Amos 5
Nepali ERV (पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 6 →
1
हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु।
2
इस्राएलकी कन्या सामरिया फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्। उनी आफ्नो भूमिमा कसैले नउठाउनेगरी परित्यक्त छिन्।
3
मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ,”शहरबाट एक हज्जार मानिसहरु गएर एक सयमात्र फर्केर आए। शहरबाट एक सय मानिसहरु गए र केवल दशजना मात्र इस्राएल राष्ट्रमा फिर्ता आए।
4
परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ
5
तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर। अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरुलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ।
6
परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।
7
हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ?
10
तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।
11
अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरु यी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ।
12
मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु र ठुलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरुले धर्मीहरुको बिरोध (खेदो) गर्यौ र गरीबहरुलाई अत्यचार गर्न घुस लियौ।
13
त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्। किन? किनभने यो समय खराब छ।
14
नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँ हुनुहुन्छ भनेका छौ।
15
खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेका मानिसहरुलाई राम्रो गर्नुहुनेछ।
16
त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेका हुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्।
17
मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ।
18
आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छ उज्यालो होइन।
19
तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामा अडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ।
20
यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा र्हष र उल्लास हुनेछैन।
21
“म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन।
22
तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन।
23
तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख, म तिमीहरुको वीणाबाट आएको धुन सुन्ने छैन।
24
तर न्याय बगोस् पानी सरह र बगोस् धर्म कहिले पनि शेष नहुने खोला झैं।
25
हे इस्राएल! के तिमीहरुले जब तिमीहरु चालिस र्बष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ?
26
तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ। जो तिमीहरुले आफ्नै निम्ति बनायौ।
27
यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9