bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Amos 6
Amos 6
Nepali ERV (पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 7 →
1
हाय! तिमीहरु आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरु अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरु। तिमी ‘महत्वपुर्ण मानिस’ जसकहाँ ‘इस्रएलका राजपरिवार’ सल्लाहको लागि जान्छन्, तिमीहरुका निम्ति अनिष्ठ हुनेछ।
2
कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्? होइन।
3
हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।
4
हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईको बथानबाट बाछो खन्छन्।
5
तिमीहरु गरीबका दयनीय अवस्थाको वास्ता गर्दैनौ। तिमीहरु अल्छिगरि वीणा बजाउँछौ, तिमीहरु दाऊद जस्तै आफ्नै निम्ति वाद्यहरुको आकार बनाउँछौ जसमा आफ्ना गीतहरु बजाउँछौ।
6
तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरु उच्चस्तरीय तेलले आफु मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ को परिवार नष्ट गरिदैछ भन्ने।
7
यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाको अन्तहुनेछन्।
8
परमप्रभु मेरो मालिकले उहाँले आफ्नो नाउँ सर्वशक्तिमान परमेश्वर भनेर यो प्रतिज्ञा गर्नुभयो, “म यो कुरालाई घृणा गर्छु, जसमा याकुबले घमण्ड गर्छ। म उसको अट्टालिका हरुलाई घृणा गर्छु। यसकारण शत्रुलाई शहर र यसमा भएको प्रत्तेक कुरा लिन दिनेछु।”
9
यस्तो हुनेछ यदि दशदना मानिसहरु घरभित्र छन् भने, तिनीहरु सबै मर्नेछन्।
10
जब उनका मानिसहरु उसको लास जलाउन लिन आउँछन्, तिनीहरुले उसको हड्डी बाहेक केही पाउँदैनन्। तब उसले ती घरभित्र लुकनेलाई सोध्छ, “तिमीसित अन्य लासहरु छन्?” तनीहरुले जवाफ दिनेछन्, “छैन!” त्यस समय त्यस आफन्तले भन्नेछन्, “चुप लाग्, यहाँ हामीले परमप्रभुको नाउँ लिनु हुँदैन।”
11
हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि विशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ र सानो घरहरु अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।
12
के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ। के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अहँ, तर पनि तिमीहरुले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ। तिमीले त राम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।
13
तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ। तिमी भन्छौ, “हामीले कर्नेमलाई आफ्नो शक्तिले जितेका हौं।
14
“इस्राएल हेर! म तिम्रो बिरोधमा एउटा राज्य खडा गर्नेछु। अनि तिनीहरुले तिमीहरुलाई हमातको प्रवेशद्वारदेखि अराबको खोलो सम्म अत्यचार गर्नेछन्।” सर्वशक्तिमान परमप्रभु परमेश्वरले यो कुरा भन्नुभएको हो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9