bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Exodus 2
Exodus 2
Nepali ERV (पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 3 →
1
एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे।
2
त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी।
3
जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।
4
त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।
5
जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्।
6
राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।
7
त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”
8
फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।” यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।
9
फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।” तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।
10
त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।
11
जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले मोशाको एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे।
12
मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।
13
अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”
14
त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?” तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”
15
मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए। जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।
16
त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए।
17
तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बंचाए अनि पानी झिके र पशुहरूलाई दिए।
18
तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”
19
केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”
20
यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसंगै खाओस्!”
21
मोशा रूएलसंग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासंग मोशाको विवाह गरिदिए।
22
सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।
23
धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।
24
परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो। 25परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40