bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Exodus 26
Exodus 26
Nepali ERV (पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 27 →
1
“दशवटा पर्दाले पवित्र पाल बनाउनु पर्छ। यी पर्दाहरू सुती-कपडा, निलो, बैजनी अनि रातो रेशमको लुगाले बनिएको हुनुपर्छ अनि करूब स्वर्गदूतहरूको आकृति पर्दाहरूमा बनाउनु पर्छ।
2
हरेक पर्दा अठाईस हात लामो हुन पर्छ। चार हात चौडाइको हुनुपर्छ अनि सबै पर्दाको नाप बराबरी हुनुपर्छ।
3
पाँचवटा पर्दाहरूको एउटा समूह अनि अर्को पाँचवटा पर्दाहरूको अर्को एउटा समूह बनाऊ।
4
पहिला समूह पर्दाको किनारमा निलो लुगाको एउटा सुर्काउनी बनाऊ। दोस्रो समूह पर्दाको किनारमा पनि तिमीले त्यसै गर।
5
हरेक पर्दाको हरेक किनारमा पचासवटा सुर्काउनीहरू बनाऊ।
6
त्यसपछि ती पर्दाहरूसंगै जोडनका लागि पाँचासवटा सुनको मुन्द्रीहरू बनाऊ। दुइवटा समूहको पर्दालाईसंगै जोडेर एउटा पवित्र पाल बनाऊ।
7
“तब अर्को पाल पवित्र मण्डप ढाक्नका निम्ति बनाऊ। त्यो पाल बाख्राका भुत्लाले बुनेर बनाऊ। पाल एघारवटा पर्दाहरू गाँसेर बनाऊ।
8
यी प्रत्येक पर्दाहरू टुक्राका नाप तीस हात लमाइ र चार हात चौडाइ गरी सबै बराबर हुनुपर्छ।
9
पहिले पाँचवटा टुक्रा जोडेर एक भाग अनि अरू छःवटा टुक्राहरू जोडेर अर्को भाग तयार पार। छःवटा पर्दालाई पालभित्र प्रवेश द्वारमाथि पट्टाएर राख।
10
एक भागको आखिरी किनारमा पचासवटा सुर्काउनी बनाऊ र अर्को भागमा पनि त्यसरी नै पचासवटा सुर्काउनी बनाऊ। यी सुर्काउनीहरूले भाग भाग पर्दाहरूलाई एउटै पाल बनाउँछन्।
11
काँसाका पचासवटा मुन्द्रीहरू बनाऊ अनि दुइ समूह पर्दाहरू एउटा एकलो पाललाई जोडनको निम्ति प्रयोग गर।
12
यो पाल पहिले बनाइएको पवित्र पाल भन्दा बढी लामो हुन्छ। यसरी यस पालको पर्दाको आधा भागको किनारा पवित्र पालको पछाडी झुण्डिनेछ।
13
यो पालको पर्दा पवित्र पालको वरिपरि अन्तिम किनारमा पनि एक हात झुण्डिएर रहनेछ। यसकारण यस पालले पवित्र पाललाई पूर्ण रूपले ढाक्नेछ।
14
बाहिरबाट ढाक्नलाई अरू दुइवटा पर्दा बनाऊ। दुइवटा पर्दामा एउटा चाँहि भेडाको छालालाई रातो रंग लगाएर बनाऊ र अर्को चाँहि नरम छालाको बनाऊ।
15
“पवित्र पाल स्थापना गर्नको निम्ति लामो बबुलको काठको फल्याकहरू प्रयोग गर।
16
अवश्यै फल्याकहरू दश हात लामा अनि एक हात आधा चौडा हुनै पर्छ।
17
एका अर्कोलाई समान्तर गर्नको निम्ति प्रत्येक र जोडी फल्याकहरूलाई एकै साथ जोडनको निम्ति चुकुलहरू प्रयोग गर।
18
पवित्र पालको दक्षिण पट्टि जोडन बीसवटा फल्याकहरू बनाऊ,
19
अनि यी फल्याकलाई सीधा गर्नको निम्ति चालीसवटा चाँदीका आधारहरू बनाऊ। प्रत्येक फल्याकको एउटा आधारमा लगाऊ, दुइवटा आधारहरू एउटा फल्याकमा लगाऊ।
20
पवित्र पालको उत्तरी भागमा अझ बीसवटा फल्याकहरू बनाऊ।
21
अनि यस फल्याकहरूलाई सिधा बनाउन चालीसवटा चादीको आधारहरू प्रत्येक फल्याकको निम्ति दुइ दुइवटा बनाऊ।
22
अझ छवटा फल्याकहरू बनाऊ।
23
पवित्र पालको पछिल्लो भागको कुनामा दुइवटा फल्याकहरू बनाऊ।
24
कुनाको फल्याकहरू फेदसम्म फैलिएको हुनुपर्छ। टुप्पाको मुन्द्रीहरूमा फल्याकहरूसंगै जोडिएको हुनुपर्छ अनि त्यस्तै प्रकारले फेदको कुनाहरूको निम्ति गर्नु पर्छ।
25
त्यहाँ पश्चिमी किनारका निम्ति आठवटा फल्याकहरू हुनुपर्छ अनि प्रत्येकलाई दुइवटा गरी जम्मा सोह्रवटा चाँदीका आधारहरूको आवश्यकता पर्नेछन्।
26
“पवित्र पालमाथि पट्टिको पाँचवटा फल्याकको किनार बनाउनमा बबुल काठ प्रयोग गर।
27
पवित्र पालको अर्को किनारको फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ। अनि पवित्र पालको पश्चिमी किनार फल्याकमाथि पाँचवटा डण्डाहरू बनाउनु पर्छ।
28
माझको डण्डा हरेक फल्याकको मध्य भागबाट एक छेऊ देखि अर्को छेऊसम्म पुगेको हुनुपर्छ।
29
“फल्याकहरू र डण्डाहरू सुनले मोहोरी देऊ अनि सुनको मुन्द्रीहरू बनाऊ।
30
मैले तिमीलाई पर्वतमा देखाए बमोजिम नै पवित्र पाल बनाऊ।
31
“निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।
32
बबुल काठको चारवटा खम्बाहरू बनाऊ अनि ती खम्बाहरूलाई सुनले मोहोर। प्रत्येक खम्बाको निम्ति सुनको अंकुशेहरू बनाऊ अनि सीधा पार्नका निम्ति चाँदीको आधारहरू बनाऊ। त्यसपछि ती सुनका अंकुसेमा पर्दा झुण्डाई देऊ।
33
करारको सन्दूकलाई पर्दाको पछाडी राख। यस पर्दाले पवित्र स्थानलाई महापवित्र स्थानबाट छुट्टाउँछ।
34
महापवित्र स्थानभित्र करारको सन्दूकमाथि ढकनी लगाऊ।
35
“पर्दाको बाहिर पट्टि तिमीले बनाएको विशेष टेबल राख। यो टेबल पवित्र पालको उत्तरपट्टि हुनुपर्छ। पवित्र पालको दक्षिणपट्टि सामदान यो टेबिलको सोझोमा हुनेगरि राखी देऊ।
36
“निलो, बैजनी र रातो सुतीको धागो बाटेर एउटा पर्दा बनाएर पवित्र पालको प्रवेशद्वार पर्दा बनाऊ।
37
यस पर्दामा सुनले बनिएको अंकुसेहरू लगाऊ। अनि बबुलको काठको पाँचवटा खम्बाहरू सुनले बेरेर बनाऊ। यी पाँचवटा खम्बाको निम्ति काँसाका आधारहरू बनाऊ।”
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40