bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Thessalonians 1
2 Thessalonians 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टको थेसलोनिकामा भएको मण्डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्दै छौं।
2
तिमीहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले अनुग्रह र शान्ति देऊन्।
3
दाजुभाइहरू, तिमीहरूको विश्वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्वरलाई धन्यवाद दिनैपर्दछ।
4
यस्तै तिमीहरूको सतावट र दु:ख सहने शक्ति र विश्वासको बारेमा हामी परमेश्वरको मण्डलीभित्र घमण्ड गरेर बोल्न सक्छौं।
5
यी सबै तिमीहरूलाई परमेश्वरको राज्यको योग्य ठहर्याउने परमेश्वर न्यायी हुनुहुन्छ भन्ने प्रमाण हो। तिमीहरूले त्यही राज्यको कारण दु:ख पनि भोग्दै छौ।
6
परमेश्वर न्यायी हुनुभएकोले, उहाँले तिमीहरूलाई दु:ख दिनेहरूलाई बदला लिएर ठीकै गर्नुहुनेछ।
7
दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ।
8
अनि परमेश्वरलाई नमान्ने र हाम्रा प्रभु येशूको सुसमाचारलाई नटेर्नेहरूलाई आगोको ज्वालामा आएर उहाँले दण्ड दिनुहुनेछ।
9
तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्।
10
यी कुरा प्रभु येशू आउनुहुने दिनमा हुन्छन्। त्यस दिन प्रभु येशूले आफ्ना पवित्र जनहरूबाट र सबै विश्वासीहरूबाट आदर र स्तुति पाउनुहुनेछ। तिमीहरू पनि तिनीहरूसँग हुन्छौ किनभने तिमीहरूले हाम्रो साक्षी पत्यायौ।
11
यसैकारण परमेश्वरले जुन जीवनको लागि तिमीहरू बोलाइएका छौ, त्यसको योग्य बनाउन र उहाँको शक्तिले राम्रो गर्ने इच्छा र विश्वासका काम पूरा गर्न सहायता गरून् भनी हामी प्रार्थना गर्छौं।
12
त्यसो भएमा तिमीहरूबाट हाम्रा प्रभु येशूको नाउँको आदर हुनेछ अनि उहाँबाट तिमीहरूको पनि आदर हुनेछ किनभने तिमीहरूले परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह पाएका छौ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3