bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Thessalonians 2
2 Thessalonians 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
दाजुभाइहरू, हाम्रा प्रभु येशू ख्रीष्ट फेरि आउनुहुनेछ, उहाँकहाँ हामी भेला हुनेछौं। तर हामी तिमीहरूलाई बिन्ती गर्दछौं,
2
हाम्रा प्रभु आउने दिन भयो भन्दा तिमीहरू नआत्तियौ नता बिचलित होओ। त्यस दिनको बारेमा कसैले हामीले पत्र लेखेजस्तै गरी पत्रले, कसैले आत्माले, कसैले बोलीले तिमीहरूलाई भन्लान्।
3
तर तिमीहरूलाई कसैले पनि कुनै किसिमले झुक्याउन नपाओस्। परमेश्वरको विरोधमा ठूलो उपद्रो नभएसम्म र नाश हुनुपर्ने व्यवस्था भङ्ग गर्ने मानिस नआएसम्म प्रभुको दिन आउनेछैन।
4
त्यस व्यवस्था भङ्ग गर्ने मानिसले आफैं ठूलो भएर मानिसहरूले परमेश्वर ठानेका सबै कुराहरूलाई र पूजा गर्ने गरेका सबै थोकको विरोध गर्नेछ। त्यसले त परमेश्वरको मन्दिरमा बसेर आफैंलाई परमेश्वर हुँ भन्नेछ।
5
सँगै हुँदा यी सबै कुरा त मैले तिमीहरूलाई भनेको थिएँ, होइन?
6
बेला भएपछि त्यो दुष्ट प्रकट हुनेछ। अहिले नै यो कुरो भैहाल्न नदिन थामिराखिएको छ। यो त तिमीहरूलाई थाहै छ।
7
त्यो व्यवस्था भङ्ग गर्नेले आफ्ना कामहरू भित्रभित्रै सुरु गरिसकेको छ। तर त्यसलाई थामिराख्ने शक्ति नहटेसम्म यसको दुष्ट कामहरू बाहिर देखिनेछैनन्।
8
यसलाई थामिराख्ने शक्ति हटेपछि त्यो व्यवस्था भङ्ग गर्ने मानिस देखा पर्नेछ। प्रभु येशू ख्रीष्ट आफ्नो उज्यालो शक्तिमा आउनुहुँदा त्यसलाई एक सासमा नै नाश गर्नुहुनेछ।
9
त्यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्ह र अचम्म-अचम्मका कामहरू गर्नेछ।
10
नाश हुनेहरू जति सबैलाई त्यसले दुष्ट किसिमले छक्याउनेछ किनभने तिनीहरूले मुक्ति दिने सत्यलाई मन पराएनन्।
11
त्यसकारण तिनीहरूले झूटा कुरा नै पत्याऊन् भनेर परमेश्वरले भर्माउने शक्तिलाई पठाउनुहुनेछ।
12
तिनीहरूले सत्यमा विश्वास नगरेर अन्याय गर्न राम्रो ठानेकोले सजाय पाऊन् भनेर नै परमेश्वरले यसो गर्नुभएको हो।
13
प्रभुले प्रेम गर्नुभएका दाजुभाइहरू, तिमीहरूका लागि हामीले सधैँ धन्यवाद चढाउनैपर्छ किनभने परमेश्वरले तिमीहरूलाई आत्माको पवित्रता र सत्य विश्वासमा सुरुमै मुक्ति दिन भन्नुभयो।
14
यसैको निम्ति हामीहरूले सुनाएको सुसमाचारद्वारा परमेश्वरले तिमीहरूलाई बोलाउनुभयो। हाम्रा प्रभु येशू ख्रीष्टको सम्मान तिमीहरूले पनि पाउन नै उहाँले तिमीहरूलाई बोलाउनुभएको हो।
15
यसकारण दाजुभाइहरू, दिगो भएर बस र हामीले भनेको वा लेखेको सत्य शिक्षा तिमीहरूले राम्ररी मान।
16
हाम्रा प्रभु येशू ख्रीष्ट र पिता परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको अनुग्रहद्वारा अन्त्य नहुने उत्साह र असल आशा दिनुभयो।
17
उहाँहरूबाटै सबै राम्रा काम कुरामा साहस र शक्ति मिलोस्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3