bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Thessalonians 3
2 Thessalonians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
आखिरमा दाजुभाइहरू, हाम्रो लागि प्रार्थना गरिदेओ, यसो गर्नाले तिमीहरूका बीचमा भएझैँ प्रभुको सुसमाचार चारैतिर चाँडै फैलिएर यसको ठूलो आदर हुनेछ।
2
अनि सबै मानिसले विश्वास नगर्ने हुँदा खराब र दुष्ट मानिसहरूबाट परमेश्वरले हामीलाई जोगाएर राख्नुहुनेछ
3
किनभने प्रभु विश्वासी हुनुभएकोले नै तिमीहरूलाई उहाँले बलियो बनाउनुहुनेछ अनि दुष्टबाट रक्षा गर्नुहुनेछ।
4
हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं।
5
परमेश्वरले तिमीहरूलाई गर्नुभएको प्रेम र ख्रीष्टको सहने शक्ति बुझ्न प्रभुबाटै डोर्याइएका होओ।
6
दाजुभाइहरू, प्रभु येशू ख्रीष्टमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं। हामीले दिएको शिक्षा नमान्ने र अल्छी गर्नेहरूदेखि टाढा बस।
7
तिमीहरूसँग रहँदा हामी अल्छी भएर बसेनौं। हामीहरूले गरेजस्तै गर्नुपर्दछ भन्ने कुरा त तिमीहरूलाई थाहा छ।
8
तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं।
9
तिमीहरूले नै हाम्रो खर्च ब्यहोर्नुपर्छ भन्ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्यौं।
10
काम नगर्नेहरूलाई खान पनि नदिनू भनेर हामीले तिमीहरूसँग हुँदै भनेका थियौं।
11
तिमीहरूमध्ये कोहीकोही अल्छी भएर बस्नेहरू पनि छन् रे। कामको नाउँमा सिन्को पनि नभाँच्ने तर अर्काको काममा हात हाल्दै हिंड्ने मान्छेहरू पनि छन् रे।
12
प्रभु येशू ख्रीष्टमा हामी त्यस्ता मानिसहरूलाई चेतावनी दिएर भन्दै छौं, तिनीहरूले चुपचापसँग काम गरून् र आफ्नो पेट भर्न आफैं कमाऊन्।
13
दाजुभाइहरू, तिमीहरू भलाइ गर्न कहिले पनि नथाक।
14
तिमीहरूमध्ये कसैले हामीले यस पत्रमा लेखेका शिक्षाहरू यदि मान्दैन भने त्यस्तालाई ख्याल गरी त्यस्तासँग संगत नगर। त्यसो गर्नाले त्यो आफैं शर्माउनेछ।
15
तर त्यस्तालाई पनि शत्रुझैँ नसम्झनू र आफ्नै भाइलाई जस्तै गरी चेतावनी देओ।
16
हाम्रा शान्तिका प्रभु आफैंले सधैँ तिमीहरूलाई सबै किसिमले शान्ति देऊन्। तिमीहरू सबैसँग प्रभुको साथ रहोस्।
17
म पावलले, आफ्नै हातले अभिवादन लेखेर पठाउँदै छु। मैले लेखेको सबै पत्रमा यस्तै सही गर्ने गर्दछु। म यस्तै लेख्छु।
18
हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3