bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ephesians 2
Ephesians 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 3 →
1
आफ्नो अट्टेरीपन र पापको कारणले तिमीहरू आत्मिक रूपमा मरेतुल्य थियौ।
2
त्यस समय तिमीहरू संसारकै पापी चालमा चल्दथ्यौ। तिमीहरूले आकाशका शक्तिका मालिकलाई मान्दथ्यौ। त्यसले परमेश्वरलाई नमान्ने मानिसहरूलाई अहिले आफ्नो वशमा राखेको छ।
3
हामी पनि एकपल्ट तिनीहरूजस्तै थियौं र आफ्नै शारीरिक स्वभावका इच्छामा लागेका थियौं र आफ्ना शारीरिक स्वभाव र मनले इच्छा गरेका कुरामा नै हिंड्दथ्यौं। हाम्रो आफ्नै स्वभावमा त अरूहरूजस्तै हामीले पनि परमेश्वरको रिसमा पर्नुपर्ने थियो।
4
तर परमेश्वरले हामीलाई असाध्यै माया र ठूलो दया गर्नुभयो।
5
हामीले अट्टेरी गरेर आत्मिक तवरले मरे तापनि उहाँले ख्रीष्टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्वरकै अनुग्रहले हो।
6
हामी येशू ख्रीष्टमा भएकाले उहाँसँगै परमेश्वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्वर्गीय संसारमा राज्य गर्न दिनुभयो।
7
यी सबै उहाँले सधैँभरिको निम्ति उहाँको असीम अनुग्रह देखाउन गर्नुभयो। यो अनुग्रह उहाँले हामीलाई ख्रीष्ट येशूमा देखाउनुभएको छ।
8
परमेश्वरको अनुग्रहले नै तिमीहरू विश्वासद्वारा बचाइएका हौ। तिमीहरूले आफैं कोसिस गरेर बाँचेका होइनौ, यो परमेश्वरको वरदान हो।
9
यो तिमीहरूको प्रयासले भएको होइन, यसकारण घमण्ड गर्ने प्रश्नै उठ्दैन।
10
हामी उहाँका सृष्टि हौं। हाम्रा जीवनबाट असल काम होस् भनेर नै उहाँले हामीलाई ख्रीष्ट येशूमा सृष्टि गर्नुभयो। हामीहरूले ती असल कामहरू गरौं भनेर उहाँले पहिले नै तयार गर्नुभयो।
11
एक समय तिमीहरू कस्ता थियौ, सम्झ। शरीरको अङ्गमा हातद्वारा खतना लाउने इस्राएलीहरूले आफैंलाई शरीरमा खतना लाएका र तिमीहरूलाई खतना नलाउने अरू जातिका मानिस भन्छन्।
12
त्यस बेला तिमीहरू ख्रीष्टदेखि अलग्गै थियौ। तिमीहरू परमेश्वरका छानिएका जाति इस्राएलसँग सम्बन्ध नै नभएको विदेशी थियौ। परमेश्वरले प्रतिज्ञाहरू गरेर जोड्नुभएको करारमा तिमीहरूको कुनै स्थान थिएन अनि संसारमा तिमीहरू बिनाआशा र बिनापरमेश्वर थियौ।
13
हामीलाई मेल गराउने नै ख्रीष्ट हुनुहुन्छ किनभने उहाँले नै आफ्नो रगत बगाएर इस्राएली र अरू जातिका मानिसलाई परमेश्वरको छेउमा ल्याउनुभयो।
14
आफ्नो शरीर दिएर उहाँले हामीलाई छुट्याउने दुश्मनीको पर्खाल भत्काउनुभयो।
15
उहाँले इस्राएली र अरू जातिका मानिसलाई मिलाउन र उहाँमा नयाँ जाति बनाउन उहाँकै आफ्नो शरीरमा व्यवस्था र यसका रीतिथितिलाई खारेज गर्नुभयो।
16
दुश्मनी नाश गर्न र एउटै जाति बनाएर परमेश्वरसँग मेल गराउन उहाँ क्रूसमा बलि हुनुभयो।
17
उहाँले आएर इस्राएली र अरू जाति अर्थात् परमेश्वरको नजिक र टाढा हुने दुवैलाई मेलमिलाप गराउन सुसमाचार सुनाउनुभयो।
18
उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्यजाति एउटै पवित्र आत्मा पाएर परमेश्वर पिताको सामु जान सक्ने भएका छौं।
19
यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्वरका परिवारका सदस्यहरू बनेका छौ।
20
प्रेरित र अगमवक्ताहरूले हालेका जगमा बनिएका घर तिमीहरू पनि हौ। जगको मूल ढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।
21
उहाँले नै सिङ्गै घरलाई पक्रेर राख्नुभएको छ र उहाँले यस घरलाई प्रभुप्रति समर्पण गरिएको एक पवित्र मन्दिर बनाउनुहुनेछ।
22
तिमीहरू पनि उहाँमा अरू सबैसँगै त्यो घर बन्दै छौ, जहाँ परमेश्वर आत्मामा बास गर्नुहुनेछ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 3 →
All chapters:
1
2
3
4
5
6