bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ephesians 3
Ephesians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 4 →
1
यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्टको काम गर्दा म पावल कैदी भएको छु।
2
तिमीहरूकै लागि मैले परमेश्वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्ने कुरा तिमीहरूले साँच्चै सुनेका छौ।
3
परमेश्वरले आफ्ना भित्री योजना खोलिदिएर मलाई प्रकट गर्नुभयो। यसै बारेमा मैले तिमीहरूलाई पहिले नै संक्षेपमा लेखिसकेको छु।
4
मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्टका रहस्य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ।
5
पहिले यो रहस्य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्य आत्माद्वारा आफ्ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्वरले प्रकट गरिदिनुभएको छ।
6
त्यो रहस्यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्तै परमेश्वरको आशिष्हरू पाउन सक्छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्ट येशूमा परमेश्वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्।
7
उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्नो शक्तिको कामबाट नै मलाई दिनुभयो।
8
ख्रीष्टका पवित्र जनहरूमध्ये म सबभन्दा तुच्छ भए पनि ख्रीष्टको असीम सम्पत्ति सुसमाचार अरू जातिका मानिसलाई सुनाउने वरदान परमेश्वरले मलाई नै दिनुभयो।
9
परमेश्वरको रहस्यमय योजनाले कसरी काम गर्छ, त्यो सबै मानिसलाई बताउने काम मैले पाएको छु। सबै थोक रचना गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले आफ्ना गुप्त कुराहरू बितेका सारा युगहरूमा लुकाइराख्नुभयो।
10
वर्तमान कालमा मण्डलीद्वारा आकाशका देवी-देवताहरू र शासकहरूले परमेश्वरका बहुमुखी ज्ञान थाहा पाऊन् भन्ने उद्देश्यले ती रहस्य प्रकट गरिएका थिएनन्।
11
परमेश्वरले यी सबै आफ्नो अनन्त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभयो।
12
ख्रीष्टमा रहेर अनि उहाँमा विश्वास राखेर नै हामीले परमेश्वरकहाँ आउन साहस र भरोसा पाएका छौं।
13
यसैकारण मेरो बिन्ती छ, तिमीहरूका लागि मैले भोगेको कष्ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्ति लाभदायक कुरो हो।
14
त्यसैकारण म परमेश्वर पिताका पाउमा परेर प्रार्थना चढाउँछु।
15
स्वर्ग र पृथ्वीका सबै परिवार पिताकै नाउँमा रहेका छन्।
16
उहाँको महान् सम्पत्ति र उहाँकै आत्माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्वरलाई म प्रार्थना गर्दछु।
17
तिमीहरूले विश्वास गर अनि ख्रीष्टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्ने म प्रार्थना गर्दछु।
18
त्यसो हुँदा तिमीहरू पनि ख्रीष्टका पवित्र जनहरूसँगै ख्रीष्टको प्रेमको लम्बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्न सक्नेछौ।
19
सबै ज्ञानबुद्धिले खोज्न नसक्ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्वरको भरिपूर्णता तिमीहरूमा भरिओस्।
20
हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्नुहुने
21
उनै परमेश्वरलाई मण्डली र येशू ख्रीष्टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 4 →
All chapters:
1
2
3
4
5
6