bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Ephesians 6
Ephesians 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
1
बालकहरू हो, आफ्ना आमा-बुबाले भनेको मान, यो परमेश्वरलाई मनपर्ने कुरो हो।
2
आफ्ना आमा-बुबाको आदर गर्नू भन्ने धार्मिक आज्ञामा मात्र यस्तो प्रतिज्ञा पनि छ:
3
त्यसो हुँदा तिमीहरूको भलाइ हुनेछ र पृथ्वीमा धेरै दिन बाँच्नेछौ।
4
बुबाहरूले चाहिँ छोराछोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको शिक्षा र तालिम दिएर हुर्काओ।
5
नोकरचाकरहरू हो, ख्रीष्टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्नू।
6
तिमीहरूको काम आँखाको अघि मान्छेलाई देखाउने र उनीहरूबाट स्याबासी पाउने किसिमको मात्र नहोस् तर परमेश्वरको इच्छाअनुसार ख्रीष्टकै कमारोले झैँ पूरै दिलोज्यानले काम गर।
7
मानिसलाई गरेजस्तो होइन तर प्रभुलाई नै जस्तो गरी खुसीले काम गर।
8
कमारो भए पनि नभए पनि राम्रो काम गर्ने जति सबैलाई प्रभुले इनाम दिनुहुनेछ, यो कुरा तिमीहरूलाई थाहै छ।
9
मालिकहरू हो, त्यसै गरी तिमीहरूले पनि आफ्ना नोकरचाकरलाई राम्रो व्यवहार गर र उनीहरूलाई धम्की नदेओ किनभने तिमीहरू र उनीहरू दुवैको एउटै मालिक स्वर्गमा हुनुहुन्छ भन्ने नबिर्स। उहाँले न्याय गर्दा कसैको पक्षपात गर्नुहुन्न।
10
अन्तमा, तिमीहरू प्रभुमा उहाँको ठूलो शक्तिले शक्तिशाली होओ।
11
शैतानका सबै युक्तिको सामना गर्न परमेश्वरले दिनुभएको उहाँका सबै हातहतियार भिर।
12
हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्ट आत्माका विरोधमा हो।
13
यसैकारण परमेश्वरका सबै हातहतियारहरू भिर। त्यसो हुँदा नराम्रो दिनमा दुष्ट आइलाग्दा त्यसलाई रोक्न सक्नेछौ र अन्तसम्म लडेर पनि तिमी खडा नै रहनेछौ।
14
यसकारण तयार भएर खडा रहो। सत्यलाई पेटीझैँ कम्मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ।
15
शान्ति दिने सुसमाचार सुनाउन जाने जुत्ता लगाएर तयार होओ।
16
विश्वासचाहिँ आफ्नो रक्षा गर्ने ढाल हो। यसलाई सधैँ साथ लिएर तयार बस। त्यसपछि दुष्टका अग्निवाणहरू निभाउन सक्नेछौ।
17
शिर रक्षा गर्ने मुक्तिको टोप लेओ। पवित्र आत्माले दिनुभएको परमेश्वरको शिक्षारूपी तरवार भिरिराख।
18
सधैँ प्रार्थना गर, परमेश्वरको सहायता मागिबस। सबै समय पवित्र आत्माको शक्तिमा प्रार्थना गरिबस। यी कुरा मनमा राखी सधैँ होशियार भएर लगातार प्रार्थना गर र ख्रीष्टका पवित्र जनहरूका लागि प्रार्थना गर।
19
मेरो लागि पनि प्रार्थना गरिदेओ र म बोल्न लाग्दा परमेश्वरले मलाई वचन देऊन्, मलाई बोल्ने साहस मिलोस् अनि म सुसमाचारको रहस्य अरूलाई बुझाउन सकूँ।
20
यही सुसमाचारको लागि नै म प्रेरित बनाइएको हुँ। प्रार्थना गरिदेओ र म कैद भए पनि मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै साहससँग बोलिरहन सकूँ।
21
हाम्रा प्यारा भाइ र प्रभुको सेवक तुखिकसले नै मेरो बारेमा तिमीहरूलाई सबै कुरा थाहा दिनेछन्।
22
हामीहरूले के गरिरहेका छौं, त्यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ।
23
सबै विश्वासी दाजुभाइहरूलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले शान्ति, प्रेम र विश्वास देऊन्।
24
प्रभु येशू ख्रीष्टलाई प्रेम गर्ने जतिलाई सधैँ रहने परमेश्वरको अनुग्रह रहोस्।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
All chapters:
1
2
3
4
5
6