bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Habakkuk 1
Habakkuk 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
हबकूक अगमवक्ताले पाएको अगमवाणी यही हो।
2
हे परमप्रभु! कहिलेसम्म मैले तपाईंलाई सहायताको निम्ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्ती सुन्नुहुन्छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्छ?
3
किन तपाईंले मलाई यस्ता अन्याय हेर्न लगाउनुहुन्छ? यस्ता दुष्कर्म सहेर कसरी तपाईं हेरिरहन सक्नुहुन्छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्।
4
कानुन कमजोर र बेकामको भएको छ र कहिल्यै न्याय हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन् र यसरी न्याय भ्रष्ट हुँदछ।
5
अनि परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्नेछौ, त्यसमा तिमीहरू छक्कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्वास हुनेछैन।
6
म बेबिलोनीहरूका हातमा राज्य-शक्ति दिनेछु। तिनीहरू डरलाग्दा र अधीर मानिसहरू छन्, अर्काका देशहरू विजय गर्न भनी तिनीहरू अघि बढिरहेका छन् र पृथ्वीको पल्लो छेउसम्म पुग्नेछन्।
7
तिनीहरूले डर र आतङ्क फैलाउँदैजान्छन्। आफ्ना घमण्डले फुलेर तिनीहरू मनपरि गर्छन्।
8
“तिनीहरूका घोडाहरू चितुवाहरूभन्दा चाँडो दगुर्छन् र भोकाएका ब्वाँसाहरूभन्दा पनि भयानक छन्। तिनीहरूका घोड-चढीहरू टाढा-टाढाबाट घोडामा चढेर अघि बढ्छन्। चिलले शिकारलाई झम्टेझैँ तिनीहरू बडो वेगले हानिएर आउँछन्।
9
“उनका सेनाहरूले हिँसा गरी हमला गर्दै अघि बढ्छन्। बालुवा जतिकै अनगिन्ती कैदीहरू तिनीहरूले बनाउँछन्।
10
तिनीहरूले राजाहरूलाई खिसी गर्छन् र भारदारहरूको हाँसो उडाउँछन्। कुनै किल्लाले तिनीहरूलाई रोक्न सक्दैन। माटोको ढिस्कुरो बनाई त्यसबाट किल्लामा चढी तिनीहरूले त्यो किल्ला कब्जा गर्छन्।
11
तब अचानक तिनीहरू बतासझैँ जोडले बहेर लोप हुन्छ। तिनीहरू दोषी मानिसहरू हुन्, जसले आफ्नै शक्तिलाई आफ्नो देवता मानेका छन्।”
12
हे परमप्रभु! तपाईं आदिदेखि नै परमेश्वर हुनुहुन्छ। तपाईं मेरा पवित्र र अनन्तका परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरा रक्षक र परमेश्वर! बेबिलोनीहरूले हामीलाई दण्ड देऊन् भनी तपाईंले तिनीहरूलाई छान्नुभयो र शक्तिशाली बनाउनुभयो।
13
तर कसरी तपाईं यी धोखेबाज र दुष्ट मानिसहरूलाई हेरिरहन सक्नुहुन्छ? तपाईंको दृष्टि अति पवित्र छ र तपाईंले दुष्ट कुरा हेर्न सक्नुहुन्न। तपाईंले मानिसहरूको खराबी गरेको दृश्य पनि हेर्न सक्नुहुन्न। तब तिनीहरूले आफूभन्दा धर्मी मानिसहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्नुहुन्छ?
14
तपाईंले कसरी मानिसहरूलाई शासकबिनाको माछा वा किरा फटेङ्ग्राका बथानजस्तो बनाउनुहुन्छ?
15
माछा पक्रेझैँ बेबिलोनीहरूले मानिसहरूलाई बल्छीले पक्रन्छन्। जालमा पक्री तिनीहरूले मानिसहरूलाई उठाई लैजान्छन् र रमाउँदै कराउँछन्
16
तिनीहरूले आफ्ना जालहरूलाई पनि पुज्छन् र तिनीहरूलाई बलि चढाउँछन् किनभने ती जालहरूद्वारा नै तिनीहरूले असलभन्दा असल थोकहरू र भोजन पाउँदछन्।
17
के बेबिलोनीहरूले सधैँभरि जाति-जातिका मानिसहरूलाई जालमा पक्रेर दया नदेखाई मारिरहने छन् त?
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3