bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Habakkuk 2
Habakkuk 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
म मेरो पहरा दिने किल्लामा चढ्नेछु र परमप्रभुले मलाई के भन्ने आज्ञा दिनुहुन्छ र मेरो गुनासोको के उत्तर दिनुहुन्छ पर्खनेछु।
2
परमप्रभुले मलाई यो उत्तर दिनुभयो, “म तँलाई के देखाउँछु, त्यो एउटा माटोको पाटीमा सफा गरी लेख् र एक नजरमा त्यो पढ्न सकियोस्।
3
यो लेख् किनभने यो पूरा हुने समय अहिले होइन। तर त्यो समय चाँडै आउँदै छ र मैले देखाएको कुरा पूरा हुनेछ। त्यो समय आइपुग्न ढिलो होला तर पर्खी बस्, त्यो समय निश्चय आउनेछ र साह्रै ढिलो हुनेछैन।
4
अनि त्यो कुरा यही हो ‘दुष्टहरू बाँच्नेछैनन् तर धर्मीहरू परमेश्वरप्रति विश्वास गरेकाले बाँच्नेछन्’।”
5
धन-सम्पत्तिले धोका दिन्छ। लोभीहरू अहङ्कारी र अधीर हुन्छन्, मृत्युझैँ तिनीहरू कहिल्यै अघाउँदैनन्। यसैले तिनीहरूले आफ्ना लागि एउटापछि अर्को गर्दै धेरै जातिहरूमाथि विजय गर्छन्।
6
हारेका मानिसहरूले जित्ने मानिसहरूको गिल्ला गर्नेछन् र तिनीहरूको अनादर गर्नेछन्। तिनीहरूले यसो भन्नेछन्, “जे थोक आफ्नो होइन, त्यो तिमीहरू लिन्छौ तर तिमीहरूको नाश हुनेछ! ऋण लिनेहरूलाई बल जफ्ती ऋण चुक्ता गर्न लाएर कहिलेसम्म तिमीहरू धनी हुँदै जाने हौ?”
7
एक्कासि तिमीहरूबाट ऋण लिनेहरू खडा हुनेछन् र शत्रुहरू आएर तिमीहरूलाई थरथर पार्नेछन्। तिनीहरूले तिमीहरूलाई लुट्नेछन्।
8
तिमीहरूले धेरै जातिका मानिसहरूलाई लुटेका छौ तर अब जो-जो बाँचेका छन्; तिनीहरूले तिमीहरूलाई लुट्नेछन् किनभने तिमीहरूले हत्या गरेका छौ र यस पृथ्वीका मानिसहरू र सहरहरूका विरुद्धमा हिँसा गरेका छौ।
9
तिमीहरू नाश हुनेछौ! तिमीहरूले हिँसा गरेर लिएका कुराले आफ्ना परिवारलाई धनी तुल्याएका छौ र आ-आफ्ना घर नोक्सान र खतराबाट सुरक्षित बनाउने चेष्टा गरेका छौ।
10
तर तिम्रा जुक्तिहरूले तिम्रा परिवारलाई लाजमा पारेका छन्। धेरै जातिहरूलाई नाश पारेर तिमीहरूले आफैंमाथि सर्वनाश ल्याएका छौ।
11
भित्ताका ढुङ्गाहरू पनि तिमीहरूका विरुद्धमा चिच्च्याउँदछन् र दलिनका काठहरूले पनि त्यो दोहोर्याउँछन्।
12
तिमीहरू नाश हुनेछौ! तिमीहरूले अपराधमाथि सहरको जग बसाल्यौ र हत्याद्वारा त्यसलाई बनायौ।
13
तिमीहरूले अधीन गरेका जातिहरूले व्यर्थका परिश्रममा आफ्ना बल लाएर थाके र तिनीहरूले बनाएका जति सबै आगोको ज्वालामा खरानी हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले यसो गर्नुभएको हो।
14
तर समुद्र जसरी पानीले भरिएको छ, त्यसरी नै यो पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिभराउ हुनेछ।
15
तिमीहरू नाश हुनेछौ! आफ्ना झोकमा तिमीहरूले आफ्ना छिमेकीहरूलाई बदनाम गर्यौ र होच्यायौ। तिनीहरूलाई मद्यले मातेका झैँ लरबराउने पार्यौ।
16
अब तिमीहरूको पालो आउनेछ, तिमीहरू इज्जतको सट्टामा लाजमापर्नेछौ। तिमीहरू आफैं मातेर लरबराउनेछौ। तिमीहरूलाई परमप्रभुले तिमीहरूका दण्डको कचौरा पिउन लाउनुहुनेछ र तिमीहरूको इज्जत बेइज्जतमा परिणत हुनेछ।
17
तिमीहरूले लेबनानका जङ्गलहरू फाँडेका छौ, अब तिमीहरू फाँडिनेछौ। तिमीहरूले त्यहाँका पशुहरू मार्यौ, अब पशुहरूले तिमीहरूलाई भयभीत पार्नेछन्। तिमीहरूले गरेका हत्या र यस पृथ्वीका मानिसहरू र सहरहरूका विरुद्धमा गरेका हिँसाको कारणले यो कुरा पूरा हुनेछ।
18
मूर्ति के काम लाग्छ र? त्यो त मानिसले बनाएको वस्तु मात्र हो र त्यसले झूटबाहेक अरू केही बताउँदैन। यसमा भरोसा गर्नेले आफैंले बनाएको मूर्तिमा भरोसा गरेको हुन्छ, त्यो बोल्न पनि नसक्ने मूर्ति मात्र त हो!
19
तिमीहरू नाश हुनेछौ! तिमीहरूले काठको टुक्रालाई “ए, उठ्” वा ढुङ्गाको टुक्रालाई, “खडा हो!” भन्छौ। के एउटा मूर्तिले केही कुरा तिमीहरूलाई बताउन सक्छ? त्यसलाई सुन र चाँदीले मोहोरेको हुन सक्छ तर त्यसमा सास त छैन।
20
तर परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। उहाँको सामुन्ने पृथ्वीका सबै मानिसहरू चुप रहून्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3