bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Habakkuk 3
Habakkuk 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
यो हबकूक अगमवक्ताको प्रार्थना हो:
2
हे परमप्रभु! मैले तपाईंको कामको बारेमा सुनेको छु र म अचम्मित भएँ। तपाईंले गर्नुभएका ती महान् कार्यहरू हाम्रो समयमा अब फेरि गर्नुहोस्। रिसाउनुहुँदा पनि हामीप्रति कृपालु हुनुहोस्।
3
परमेश्वर फेरि तेमानबाट आउँदै हुनुहुन्छ, पवित्र परमेश्वर पारानका डाँडाहरूबाट आउँदै हुनुहुन्छ। उहाँको महिमाले स्वर्ग ढाकिन्छ, पृथ्वी उहाँको प्रशंसाले भरिएको छ।
4
उहाँ बिजुलीको ज्योतिसित आउनुहुन्छ, उहाँको हातबाट प्रकाश चम्कँदछ, त्यहीँ उहाँको शक्ति लुकेको छ।
5
आफ्नो अघि-अघि उहाँले महामारी पठाउनुहुन्छ र मृत्युलाई आफ्नो पछि-पछि आउने आज्ञा गर्नुहुन्छ।
6
उहाँ खडा हुँदा पृथ्वी हल्लन्छ, उहाँको नजर पर्दा जाति-जातिका मानिसहरू काँप्दछन्, सनातनका पर्वतहरू टुक्रा-टुक्रा हुँन्छन्, अनन्तका डाँडाहरू भासिन्छन्, जुनचाहिँ अनादिदेखि उहाँ हिँड्ने मार्ग हो।
7
मैले कूशनका मानिसहरूलाई डराएका देखें, मिद्यानका मानिसहरू काँपेका देखें,
8
हे परमप्रभु! के नदीहरूले तपाईंको क्रोधलाई जगाएका थिए? के समुद्रले गर्दा तपाईं रिसले चुर हुनुभएको थियो? तपाईं बादलमा सवारी हुनुहुन्थ्यो। तपाईंले आफ्ना प्रजालाई विजय दिनुहुँदा आँधी ल्याउने बादल तपाईंको रथ थियो।
9
तपाईंले आफ्नो धनु चलाउन निकाल्नुभयो, वाणहरू हान्ने तयारी गर्नुभयो। तपाईंले नदीहरूद्वारा पृथ्वी चिर्नुभयो।
10
तपाईंलाई देखेर पर्वतहरू थरथर काँमे, आकाशबाट अविरल वर्षा भयो। सागरको पानीबाट गर्जन भयो र तिनीहरूका छालहरू अग्ला-अग्ला उठे।
11
तपाईंको चम्किलो भालाको झलक र वेगले उडेको वाणका चमकले गर्दा सूर्य र चन्द्र आफ्ना आकाशमा टक्क अडिए।
12
आफ्नो रिसमा लम्कँदै तपाईंले पृथ्वी वारपार गर्नुभयो, आफ्नो क्रोधमा जाति-जातिहरूलाई कुल्ची-मिल्ची गर्नुभयो,
13
आफ्ना प्रजालाई र आफूले चुनेको राजालाई बचाउन तपाईं निस्की आउनुभयो, तपाईंले दुष्टहरूका अगुवालाई हिर्काएर लडाउनुभयो र त्यसका पछि लाग्नेहरूलाई पूरा नाश गर्नुभयो।
14
गरीबहरूलाई गुप्तमा थिचोमिचो गर्दै रमाउनेहरूझैँ हामीलाई छरपष्ट गर्न आँधीझैँ आउने सेनाका सेनापतिलाई तपाईंका वाणहरूले छेडे।
15
तपाईंका घोडाहरूले समुद्रलाई कुल्चे, शक्तिशाली समुद्रमा फिँज उठ्यो।
16
मैले यी सबै सुन्दा मेरो मुटु काँप्दछ। डरले मेरा ओठहरू थरथराउँछन्। मेरा हड्डीहरू गलिजान्छ, मेरा खुट्टाहरू काँप्दछन्। म त्यस समयलाई चुपचाप पर्खिरहनेछु, जब परमेश्वरले हामीमाथि हमला गर्नेहरूलाई दण्ड दिनुहुनेछ।
17
चाहे नेभाराको रूखमा मुना नलागोस् र दाखका बोटहरूमा अङ्गुर नफलोस्, जैतुनको बोटमा फल नफलोस्, र खेतमा अन्न नउब्जोस्, खोरमा भेडा-बाख्रा नभए पनि र गोठमा गाई-वस्तुहरू रहेनन् भने पनि
18
मचाहिँ परमप्रभुमा रमाउनेछु र आनन्द मनाउनेछु किनभने परमप्रभु परमेश्वर मेरा उद्धारकर्त्ता हुनुहुन्छ।
19
सार्वभौम परमप्रभु मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टाहरू हरिणका खुट्टाहरूझैँ छिटो बनाउनुहुन्छ र पर्वतहरूमाथि मलाई कुशल राख्नुहुन्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3