bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joel 1
Joel 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
पतुएलको छोरो योएलकहाँ आएको परमप्रभुको सन्देश।
2
हे बुढापाकाहरू हो, ध्यान दिएर सुन। हे यहूदाका बासिन्दाहरू हो, कान थाप। के तिमीहरूका समयमा वा तिमीहरूका पितापुर्खाका समयमा यस्तो कुरो कहिल्यै भएको थियो?
3
तिमीहरूका छोरा-छोरीहरूलाई यसबारे भन। तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई भन्नेछन् र तिनका छोरा-छोरीहरूले त्यसपछिका पुस्तालाई भन्नेछन्।
4
हुलका हुल सलहहरूले अन्नबालीहरू खाए। एक हुल आएर खाएपछि बाँकी रहेको अर्को हुल आएर खाइहाल्थ्यो।
5
हे मतवालाहरू हो, जाग र रोओ। ए दाखमद्य पिउनेहरू हो, बिलौना गर। नयाँ दाखमद्य बनाउने दाखहरू नष्ट भएका छन्।
6
सलहहरूको एक हुल हाम्रो देशमा आईलागेको छ। तिनीहरू बलिया र गन्ती गर्न नसकिने किसिमका छन्। तिनीहरूका दाँतहरू सिंहका दाँतझैँ तीखा छन्।
7
तिनीहरूले हाम्रा दाखबारी नष्ट पारेका छन् र नेभाराका बोटहरू खाइसकेका छन्। तिनीहरूले तिनका बोक्राहरू लाछेर हाङ्गा-बिङ्गाहरू नाङ्गो पारी सेतै पारिसकेका छन्।
8
ए मानिसहरू हो, आफूले बिहे गर्न लागेको पुरुष मर्दा एउटी तरुणीले कसरी विलाप गर्छे, त्यसरी तिमीहरू रोओ।
9
मन्दिरमा चढाउन अन्न वा दाखमद्य नभएकोले परमप्रभुको अगाडि सेवा गर्ने पूजाहारीहरूले विलाप गर्छन्।
10
खेतबारीहरू उजाड भएका छन् र जमिनले शोक गर्दछ किनभने अन्न नाश भएको छ र दाखहरू सुकिसकेका छन् र तेल बनाउने जैतुनका रूखहरू ओइलिसकेका छन्।
11
हे खेतीपाती गर्नेहरू हो, शोक गर र हे दाखबारी हेरचाह गर्नेहरू हो, रोओ किनभने गहुँ, जौ र अरू सारा अन्नबाली नष्ट भएका छन्।
12
दाख र नेभाराका बोटहरू ओइलाइसके, सबै अनार, खजूर र स्याउका रूखहरू सुकिसके। मानिसहरूमा आनन्द छैन।
13
ए वेदीमा सेवा गर्ने पूजाहारीहरू हो, भाङ्ग्रा लाएर विलाप गर! मन्दिरभित्र गएर रातभरि रोओ किनभने परमेश्वरलाई चढाउने अन्न वा दाखमद्य केही छैन।
14
उपवास बस्ने आज्ञा देऊ, मानिसहरूको सभा बोलाऊ! यहूदाका सबै मानिसहरू र अगुवाहरूलाई परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा भेला गर र उहाँलाई रोई-रोई पुकारा गर!
15
परमप्रभुको दिन नजिकै आइपुगेको छ। सर्वशक्तिमान्ले विनाश ल्याउने दिन आइपुगेको छ। त्यस दिनले कस्तो डरलाग्दो विपत्ति ल्याउनेछ।
16
हाम्रा अन्न नष्ट भएर जाँदा हामी असहाय भई हेरिरहन्छौं। हाम्रा परमेश्वरको मन्दिरमा केही रमाहट नै छैन।
17
सुखा जमिनमा बिउ मरेर जान्छ, जम्मा गर्नलाई अन्न छैन र अन्नका रित्ता भण्डारहरू ध्वस्त भएका छन्।
18
कष्टले गाई-वस्तु डुक्रिरहेका छन् किनभने तिनीहरूको निम्ति एउटै चरन छैन। भेडाका बगालहरूले पनि त्यस्तै दु:ख पाइरहेका छन्।
19
हे परमप्रभु, म तपाईंलाई पुकार्दछु किनभने चरन र रूख-पातहरू आगोले भस्म पारेझैँ सुकिसकेका छन्।
20
जङ्गली जनावरहरूले पनि तपाईंलाई पुकारा गर्छन् किनभने खोला-नालाहरू सुखा भएका छन्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3