bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joel 2
Joel 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
तुरही फुक, परमेश्वरको पवित्र पर्वत सियोनमा विपद्को चेतावनी देऊ। यहूदाका मानिसहरू थरथर कामून्। परमप्रभुको दिन चाँडै आउँदै छ।
2
त्यो अन्धकार र उराठलाग्दो दिन हुनेछ, कालो र बादल लागेको दिन हुनेछ। सलहहरूको ठूलो सेनाको दल पर्वतहरूमाथि अन्धकार फैलिएर गएझैँ अघि बढ्दै आइरहेको छ। यस्तो अघि कहिल्यै भएको थिएन र पछि पनि फेरि कहिल्यै हुनेछैन।
3
आगोले झैँ तिनीहरूले रूख-पातहरू भस्म पार्दछन्। तिनीहरूका सामुन्नेको भूमिचाहिँ अदनको बगैँचाजस्तो छ, तर तिनीहरू गएपछि त्यो उजाड मरुभूमि हुन्छ। केही कुरो तिनीहरूबाट उम्कन पाउँदैन।
4
तिनीहरू घोडाहरूजस्तै देखिन्छन् र युद्धका घोडाहरूझैँ दगुर्छन्।
5
तिनीहरूले पर्वतहरूमाथि उफ्रँदा रथहरूझैँ घररर आवाज निकाल्छन्। सुखा घाँसमा आगो सल्केझैँ तिनीहरू चररर आवाज निकाल्छन्। एउटा ठूलो सेना लडाइँ गर्नलाई तयार भएझैँ तिनीहरूले पङ्क्ति बाँधेका छन्।
6
तिनीहरू नजिक आउँदा सबै मानिसहरू डराउँछन्। सबैको अनुहार पहेँलो हुन्छ।
7
योद्धाहरूझैँ तिनीहरूले आक्रमण गर्दछन्, सिपाहीहरूझैँ तिनीहरू पर्खालमा उक्लन्छन्। तिनीहरू सिधा अघिल्तिर पाइलाका ताल मिलाएर हिँड्छन् र यताउति गर्दैनन्।
8
अनि हिँड्दा एक-अर्कासित ठोकिंदैनन्। तिनीहरू धुरिएर गढीहरू पार गरेर जान्छन्, कुनै कुरोले तिनीहरूलाई रोक्न सक्दैन।
9
तिनीहरूले सहरमाथि हमला गर्छन्, पर्खालहरूमाथि दर्गुछन्। घरहरूमाथि चढ्छन् र चोरझैँ झ्यालबाट भित्र पस्छन्।
10
तिनीहरू अघि बढ्दैजाँदा पृथ्वी हल्लिन्छ र आकाश काम्छ। घाम र जून अँध्यारो हुन्छन् र ताराहरू चम्कन छोड्छन्।
11
परमप्रभुले आफ्ना सेनालाई गर्जनको साथ आज्ञा गर्नुहुन्छ। उहाँको आज्ञापालन गर्ने सेना असङ्ख्य र बलिया छन्। परमप्रभुको दिन कति डरलाग्दो हुन्छ! त्यसबाट को बाँच्न सक्छ?
12
परमप्रभु भन्नुहुन्छ, “तर, अहिले पनि तिमीहरू साँचो मनले पश्चात्ताप गर, उपवास बसेर रुँदै र विलाप गर्दै मकहाँ फर्की आओ।
13
तिमीहरूको पश्चात्तापचाहिँ लुगा च्यातेर होइन; तर टुटेको हृदयले प्रकट होस्।” परमप्रभु आफ्ना परमेश्वरतिर फर्क। उहाँ दयालु, कृपाले भरपूर, धीरजी र आफ्ना प्रतिज्ञा पूरा गर्ने हुनुहुन्छ। उहाँ दण्ड दिन होइन तर क्षमा दिनलाई सधैँ तयार हुनुहुन्छ।
14
सायद परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो मन बदल्नुहुनेछ र प्रशस्त अन्नबालीको आशिष् दिनुहुनेछ। तब तिमीहरूले उहाँलाई अन्न र दाखमद्य चढाउन सक्नेछौ।
15
सियोन डाँडामा तुरही फुक, उपवास बस्ने आज्ञा गर र एउटा पवित्र महासभा बोलाओ।
16
मानिसहरूलाई एकसाथ भेला गर, तिनीहरूलाई एउटा पवित्र महासभाको निम्ति बोलाओ, बुढापाकाहरूलाई ल्याओ, बालबच्चाहरूलाई भेला गर र काखका बच्चाहरूलाई पनि जम्मा गर। भर्खरै बिहे गरेका दुलहा-दुलही पनि घरबाट निस्केर आऊन्।
17
परमप्रभुको सेवा गर्ने पूजाहारीहरूले वेदी र मन्दिर प्रवेश गर्ने ढोकाको बीचमा रोएर प्रार्थना गर्नुपर्नेछ, “हे परमप्रभु, आफ्ना प्रजालाई टिठ्याउनुहोस्। अन्यजातिहरूले हामीलाई ‘तिमीहरूका परमेश्वर खोइ?’ भनेर हाँसो वा खिसी गर्न नपाऊन्।”
18
त्यसपछि परमप्रभुले आफ्नो देशप्रति वास्ता देखाउनुभयो, उहाँले आफ्ना प्रजालाई कृपा गर्नुभयो।
19
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अब म तिमीहरूलाई अन्न, दाखमद्य र जैतुनको तेल दिनेछु र तिमीहरू तृप्त हुनेछौ। अन्यजातिहरूले अब तिमीहरूको हाँसो गर्नेछैनन्।
20
उत्तरबाट आएका सलहहरूका सेनालाई म हटाउनेछु र तीबाट केहीलाई मरुभूमितिर धपाउनेछु। तिनीहरूका अघिल्ला पङ्क्तिहरूलाई मृत सागरमा र पछिल्ला पङ्क्तिहरूलाई भूमध्य सागरमा धपाईदिनेछु। तिनीहरू मरेर सड्नेछन् र दुर्गन्ध फैलनेछ। तिनीहरूले तिमीहरूलाई गरेका खतिको निम्ति म तिनीहरूलाई नाश पार्नेछु।
21
“ए भूमि, नडरा तर आनन्द र रमाहट गर् किनभने परमप्रभुले तेरो लागि महान् काम गर्नुभएको छ।
22
ए जन्तुहरू हो, नडराओ। चरनहरू हरिया छन्, रूखहरूमा फल लाग्दै छन् र नेभारा र दाख प्रशस्तै फल्दै छन्।
23
“हे सियोनका बासिन्दाहरू हो, आनन्द मनाओ। परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुभएको कामको निम्ति रमाहट गर। उहाँले शरद ऋतुमा ठिक्क चाहिने वर्षा दिनुभएको छ। उहाँले हिउँद र बसन्तका झरी अघिझैँ बर्साउनुभएको छ।
24
खलाहरू अन्नले भरिएका हुनेछन्। दाखमद्य र जैतुनको तेल रसकुण्डहरूमा भरिएर बाहिर पोखिनेछन्।
25
सलहका हुलहरूले तिमीहरूका अन्नबाली खाएर नाश पारेका वर्षहरूमा तिमीहरूको जति नोक्सान भएथ्यो, त्यो म पूरा गरी फर्काइदिनेछु। सलहहरूका सेना तिमीहरूको विरुद्धमा पठाउने म नै थिएँ।
26
अब तिमीहरूले प्रशस्त खानेकुरा पाउनेछौ र तृप्त हुनेछौ। तिमीहरूको निम्ति अचम्मका काम गर्नुहुने परमप्रभु आफ्ना परमेश्वरको तिमीहरूले प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन।
27
तब ए इस्राएलीहरू हो, म तिमीहरूका माझमा छु र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र मबाहेक अर्को परमेश्वर छैन भनी तिमीहरू बुझ्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन।
28
“त्यसपछि म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु, तिमीहरूका छोरा-छोरीहरूले मेरो वचनको घोषणा गर्नेछन्, तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन् र तिमीहरूका युवाहरूले दर्शन देख्नेछन्।
29
त्यस बेला म मेरो आत्मा नोकर-नोकर्नीहरू दुवैमाथि पनि खन्याउनेछु।
30
“आकाश र पृथ्वीमा म त्यस दिनको बारेमा चेतावनी दिनेछु। रक्तपात, आगलागी र धूवाँको बादल फैलनेछ।
31
परमप्रभुको त्यो महान् र डरलाग्दो दिन आउनुअघि सूर्य अँध्यारो हुनेछ र चन्द्रमा रगतझैँ रातो हुनेछ।
32
तर ज-जसले परमप्रभुसँग सहायताको निम्ति पुकारा गर्नेछन्, तिनीहरू बचाइनेछन्। परमप्रभुले भन्नुभएअनुसार सियोन डाँडामा र यरूशलेममा कोही-कोही उम्कनेछन् र उहाँले चुन्नुभएका जतिचाहिँ बाँच्नेछन्।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3