bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joel 3
Joel 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
परमप्रभु भन्नुहुन्छ, “त्यस बेला म फेरि यहूदा र यरूशलेमको सौभाग्य फर्काइदिनेछु।
2
सबै जातिहरूलाई जम्मा गरेर म न्यायको बेसीमा भेला गर्नेछु र त्यहाँ मेरो प्रजा इस्राएलमाथि तिनीहरूले गरेका कामको निम्ति न्याय गर्नेछु। तिनीहरूले मेरो प्रजा इस्राएलीहरूलाई छरपष्ट पारेर विदेशमा पुर्याए र मेरो देश इस्राएललाई भाग-भाग गरेर बन्डा लाए।
3
कुन कैदीलाई कसले लाने हो, त्यो छुट्ट्याउन तिनीहरूले चिट्ठा हाल्थे, केटा-केटीहरूलाई कमारा बनाई बेचेर पाएको धन वेश्यावृत्ति र मद्यपानमा उडाउँथे।
4
“ए टुरोस, सीदोन र पलिश्तका सबै भू-भागहरू हो, तिमीहरूले मसित के गर्न खोज्दै छौ? मसित साटो फेर्ने चेष्टा गर्दै छौ? त्यसो हो भने म झट्टै तिमीहरूसितै बदला लिनेछु।
5
तिमीहरूले मेरा सुन, चाँदी र दामी-दामी चीज-बीजहरू आफ्ना मन्दिरहरूमा पुर्याएका छौ।
6
तिमीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई तिनीहरूको देशबाट टाढा लगेर ग्रीकहरूका हातमा बेचेका छौ।
7
अब म तिनीहरूलाई तिमीहरूले बेचेका ठाउँहरूबाट निकाली ल्याउनेछु। तिमीहरूले तिनीहरूलाई जसो गरेका छौ, म तिमीहरूलाई त्यसै गर्नेछु।
8
तिमीहरूका छोरा-छोरीहरूलाई यहूदावासीहरूका हातमा बेचिदिनेछु र यहूदावासीहरूले तिनीहरूलाई टाढाका शबी जातिका हातमा बेचिदिनेछन्। म परमप्रभुले बोलेको छु।
9
“जाति-जातिका बीचमा यो कुरा घोषणा गर। ‘लडाइँको निम्ति तयार होओ, वीर सैनिकहरूलाई बोलाओ, सबै सिपाहीहरूलाई जम्मा गरेर अघि बढ।
10
तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार बनाओ र हँसियाहरूलाई पिटेर भाला बनाओ। कमजोरहरूले पनि भनून्, ‘म बलियो छु।’
11
चाँडो आओ, ए चारैतिरका जातिहरू हो, तिमीहरू सबै बेसीमा भेला होऔ।” हे परमप्रभु, तिनीहरूमाथि आक्रमण गर्न आफ्नो सेना पठाउनुहोस्।
12
“जाति-जातिहरू तयार भई ‘न्यायको बेसीमा’ आउनैपर्नेछ। त्यहाँ म परमप्रभु चारैतिरका सबै जातिहरूको न्याय गर्न बस्नेछु।
13
तिनीहरू साह्रै दुष्ट छन्। कटनीको समयमा अन्न काटेझैँ तिनीहरूलाई काट। दाखले भरिएका कोलबाट रस निस्केर कुण्ड भरिएर नपोखिएसम्म दाखलाई कोलमा पेलेझैँ तिनीहरूलाई पेल।”
14
‘न्यायको बेसीमा’ हजारौँको धुइरो छ, त्यहीँ नै चाँडै परमप्रभुको दिन आउनेछ।
15
घाम र जून अँध्यारो हुनेछन् र ताराहरू फेरि चम्कनेछैनन्।
16
परमप्रभु सियोन डाँडाबाट गर्जनुहुन्छ। यरूशलेमबाट उहाँको सोर मेघको गर्जनझैँ सुनिन्छ, आकाश र पृथ्वी थरथर काँप्छन्। तर उहाँले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ।
17
“हे इस्राएल, म परमप्रभु तेरा परमेश्वर हुँ भनी तब तैँले थाहा पाउनेछस्। म मेरो पवित्र डाँडा सियोनमा बास गर्दछु। यरूशलेम एउटा पवित्र सहर हुनेछ, विदेशीहरूले फेरि त्यसमाथि विजय गर्न पाउनेछैनन्।
18
त्यस बेला पर्वतहरू दाखबारीले भरिनेछन् र डाँडाहरूबाट दूध बग्नेछ। यहूदाका हरेक खोलानाला पानीले भरिभराउ हुनेछ। परमप्रभुको मन्दिरबाट एउटा खोलो बग्नेछ र शित्तीमको बेसीलाई भिजाउनेछ।
19
“मिश्र एउटा मरुभूमि हुनेछ, एदोम ध्वस्त पारिनेछ किनभने तिनीहरूले यहूदा देशमाथि आक्रमण गरे र निर्दोष मानिसहरूलाई मारे।
20
[20-21] म तिनीहरूको हत्या गर्नेहरूसँग बदला लिनेछु र ती अपराधीहरूलाई छोड्नेछैनँ। तर यहूदा र यरूशलेममा सदाकाल मानिसहरू बसोबास गर्नेछन् र म परमप्रभु सियोन डाँडामा बास गर्नेछु।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3