bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jonah 1
Jonah 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
1
एक दिन अमित्तैको छोरो योनासित परमप्रभु बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “त्यो ठूलो सहर निनवेमा जा र त्यसको विरुद्धमा बोल्। त्यहाँका मानिसहरू कति दुष्ट छन्, त्यो म जान्दछु।”
3
तर योना परमप्रभुदेखि भाग्न विपरीत दिशातिर लागे। उनी योप्पा सहरमा पुगे र त्यहाँ तर्शीशमा जाने एउटा जहाज भेट्टाए। तर्शीश जानलाई भाडा तिरेर तिनी जहाजमा चढे। तर्शीशमा परमप्रभुदेखि टाढा हुनेछु भन्ने उनको विचार थियो।
4
तर परमप्रभुले समुद्रमा ठूलो बतास चलाउनुभयो। समुद्रमा प्रचण्ड आँधी चल्यो र जहाज भत्किने डर भयो।
5
नाविकहरू डराए र मद्दतको लागि आ-आफ्ना देवताहरूलाई पुकार्न थाले। त्यसपछि जहाज नडुबोस् भनी त्यसमा भएका मालमत्ता तिनीहरूले समुद्रमा फाल्न थाले। योनाचाहिँ जहाजको मालसामान राख्ने मुनिको भागमा मस्त निद्रामा थिए।
6
जहाजको कप्तानले तिनलाई त्यहाँ भेटे र भने, “तिमी सुतेर के गर्दै छौ? उठ र आफ्ना परमेश्वरसँग मद्दतको लागि बिन्ती गर। सायद उहाँले हामीलाई टिठ्याउनुहुनेछ र हाम्रो ज्यान बचाइदिनुहुनेछ।”
7
नाविकहरूले आपसमा भने, “हामी चिट्ठा हाली हेरौं कि कसको दोषले गर्दा हामीमाथि यो आपद् आइपर्यो।” तिनीहरूले चिट्ठा हाले र योनाको नाममा चिट्ठा पर्यो।
8
तिनीहरूले उनलाई भने, “लौ, अब हामीलाई भन कसको दोषले गर्दा यो आपद् आएको हो? तिमी के काम गर्छौ? कहाँबाट आयौ? तिमी कुन देशको मानिस हौ? तिमी कुन जातिका हौ?”
9
योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्थल दुवै बनाउनुहुने स्वर्गका परमेश्वर परमप्रभुलाई म पुज्दछु।”
10
योनाले आफू परमप्रभुदेखि भागेको कुरा तिनीहरूलाई बताए। नाविकहरू डराए र उनलाई भने, “तिमीले त डरलाग्दो काम पो गरेछौ।”
11
आँधी एकोहोरो बढिरहेको थियो। यसकारण नाविकहरूले उनलाई सोधे, “आँधी रोक्नलाई हामीले अब तिमीलाई के गर्नुपर्ने हो?”
12
योनाले जवाफ दिए, “मलाई समुद्रमा फालिदेओ र समुद्र शान्त हुनेछ। म जान्दछु, मेरो कसुरले गर्दा तिमीहरू यो घोर आँधीमा पर्यौ।”
13
तापनि किनार लाउनलाई माझीहरूले जोडसित जहाज खियाए। तर आँधी झन्-झन् बढिरहेको थियो र तिनीहरूको केही सीप लागेन।
14
यसकारण तिनीहरूले परमप्रभुलाई पुकार्दै कराए, “हे परमप्रभु! हामी बिन्ती गर्दछौं, यस मानिसको ज्यानको सट्टामा हाम्रो ज्यान नलिनुहोस्। हे परमप्रभु! यी सबैका लागि तपाईं नै जिम्मेवार हुनुहुन्छ। यी सबै तपाईंले गराउनुभएको हो।”
15
त्यसपछि तिनीहरूले योनालाई उठाएर उर्लंदो समुद्रमा फालिदिए र तुरुन्तै समुद्र शान्त भयो।
16
त्यसो हुँदा ती नाविकहरूले परमप्रभुको साह्रै डर माने र उहाँलाई बलिदान चढाए र उहाँको सेवा गर्ने प्रतिज्ञा गरे।
17
परमप्रभुको आज्ञाअनुसार एउटा ठूलो माछाले योनालाई निल्यो र तिनी त्यसको पेटभित्र तीन दिन र तीन रात रहे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 2 →
All chapters:
1
2
3
4