bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jonah 3
Jonah 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
फेरि एकपल्ट परमप्रभु योनासँग बोल्नुभयो।
2
उहाँले भन्नुभयो, “ठूलो सहर निनवेमा जा र मैले तँलाई दिएको सन्देश त्यहाँका मानिसहरूलाई सुना।”
3
योनाले परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए। निनवे सहर यति ठूलो थियो कि त्यसलाई हिँडेर वारपार गर्न तीन दिन लाग्थ्यो।
4
योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।”
5
निनवेका मानिसहरूले परमेश्वरको वचनमा विश्वास गरे। यसकारण सबैले उपवास बस्नुपर्छ भनी तिनीहरूले पक्का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्ग्रा लाएर आफूले पश्चात्ताप गरेको प्रकट गरे।
6
निनवेको राजाले यो कुरा सुनेर सिंहासनबाट उठी आफ्ना राजकीय पोशाक फुकाले र भाङ्ग्रा लाएर खरानीमा बसे।
7
उनले यस्तो आदेश निनवेका बासिन्दाहरूलाई पठाए, “यो राजा र भारदारहरूको आज्ञा हो। कसैले केही खानेछैन। सबै मानिसहरू, गाई-गोरुहरू र भेडा-बाख्राहरूलाई खानु वा पिउनु मनाइ छ।
8
सबै मानिसहरू र पशुहरूले भाङ्ग्रा लाउनुपर्छ। सबैले मन लाएर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफ्ना दुर्व्यवहार र कुकर्म त्याग्नुपर्छ।
9
सायद, परमेश्वरले आफ्नो मन बदल्नुहुनेछ र हामीप्रतिको क्रोध थाम्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”
10
तिनीहरूले गरेका कुरा परमेश्वरले देख्नुभयो। तिनीहरूले आफ्ना दुष्ट काम त्यागेका उहाँले देख्नुभयो। यसर्थ तिनीहरूलाई दण्ड दिने आफ्नो मन बदल्नुभयो। उहाँले तिनीहरूलाई दण्ड दिनुभएन।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4