bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jonah 2
Jonah 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
माछाको पेटभित्रबाट योनाले परमप्रभु आफ्ना परमेश्वरलाई यसरी प्रार्थना गरे:
2
“हे परमप्रभु, मेरो कष्टमा मैले तपाईंलाई पुकारें र तपाईंले मलाई उत्तर दिनुभयो। मैले पातालको गहिराइबाट सहायताको निम्ति कराएँ र तपाईंले मेरा पुकारा सुन्नुभयो।
3
तपाईंले मलाई समुद्रको गहिराइमा, त्यसको भित्री तहमा नै फालिदिनुभयो, त्यहाँ मलाई पानीले चारैतिरबाट घेर्यो, र तपाईंका शक्तिशाली छालहरू ममाथि उर्ले।
4
मैले सोचें कि आफ्नो सामुन्नेबाट तपाईंले मलाई धपाउनुभयो, र फेरि कहिल्यै तपाईंको पवित्र मन्दिर देख्न पाउनेछैन।
5
ममाथि पानी उर्लेर मेरो सास थुनिदियो, समुद्रले मलाई पूरै ढाक्यो, मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए।
6
म पर्वतहरूको फेदीसम्मै पुगें पृथ्वीमुनि पुगें, जसका ढोकाहरू सदाकालको निम्ति थुनिएका हुन्छन्। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्याउनुभयो।
7
जब मेरो प्राण जाँदै थियो तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें र तपाईंको पवित्र मन्दिरमा मेरो बिन्ती तपाईंले सुन्नुभयो।
8
ज-जसले व्यर्थका मूर्तिहरू पुज्दछन्, तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्।
9
तर म तपाईंको प्रशंसा गाउनेछु, तपाईंलाई बलिदान चढाउनेछु र आफ्नो प्रतिज्ञा पूरा गर्नेछु। उद्धार परमप्रभुबाट आउँछ।”
10
तब परमप्रभुले त्यो माछालाई समुद्रको किनारमा योनालाई ओकेलिदिन आज्ञा गर्नुभयो र माछाले त्यसै गर्यो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4