bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Malachi 2
Malachi 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
पूजाहारीहरूलाई सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “यो आज्ञा तिमीहरूका निम्ति हो।
2
तिमीहरूले गर्ने काममा मलाई आदर गर्नुपर्छ। मैले अह्राएका कुरा तिमीहरूले सुनेनौ भने म तिमीहरूलाई सराप दिनेछु। तिमीहरूले पाउने आशिष्हरूलाई सराप दिनेछु। वास्तवमा ती कुराहरूलाई मैले सराप दिइसकेको छु किनभने मेरो आज्ञामाथि तिमीहरू ध्यानै दिंदैनौ।
3
म तिमीहरूका सन्तानलाई दण्ड दिनेछु र तिमीहरूका मुख तिमीहरूले बलि चढाएको पशुको गोबरमा दलिदिनेछु र तिमीहरू गोबरको थुप्रोमा फालिनेछौ।
4
तब तिमीहरूले थाहा पाउनेछौ कि मैले लेवीका सन्तानका पूजाहारीहरूलाई दिएको करार नतोडिन यो आज्ञा मैले दिएको हुँ।
5
“तिनीहरूलाई जीवन र सुख-शान्ति दिउँला भनी मैले प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले मलाई आदर गरून् भनी मैले मेरो करारअनुसार गरें पनि। ती दिनहरूमा तिनीहरूले मेरो आदर गरे र डर माने।
6
तिनीहरूले ठीक शिक्षा दिन्थे, तिनका मुखमा झूटो कुरा थिएन। मसित तिनीहरू शान्ति र मेलमा जिउँदथे, उचित काम मात्र गर्दथे। त्यति मात्र होइन, अरू धेरैलाई पनि दुष्ट्याइँ गर्नदेखि फर्कन मद्दत गरे।
7
परमेश्वरको सत्य ज्ञान सिकाउने काम पूजाहारीहरूको हो। तिनीहरूकहाँ गई मानिसहरूले मेरो इच्छाबारे सिक्नुपर्छ किनभने तिनीहरू सर्वशक्तिमान् परमप्रभुका सन्देशवाहकहरू हुन्।
8
“तर पूजाहारीहरू हो, तिमीहरू अब ठीक बाटोबाट तर्केर गएका छौ। तिमीहरूका शिक्षाले धेरैलाई गलत काम गर्न सिकायो। मैले तिमीहरूका पुर्खा लेवीसित बाँधेको करार तिमीहरूले तोड्यौ।
9
यसकारण यसको बदलामा म इस्राएलका मानिसहरूलाई तिमीहरूको तिरस्कार गर्न लाउनेछु किनभने तिमीहरूले मेरो इच्छा पालन गर्दैनौ र मेरा प्रजालाई व्यवस्थाको शिक्षा दिंदा सबैलाई एकनास व्यवहार गर्दैनौ।”
10
के हामी सबैका बुबा एउटै होइनन्? के एउटै परमेश्वरले हामीलाई सिर्जनुभएको होइन र? त्यसो हो भने हामीले किन आपसमा गरेका प्रतिज्ञाहरू पूरा गर्दैनौं? किन हामी परमेश्वरले हाम्रा पुर्खाहरूसित बाँध्नुभएको करार तुच्छ ठान्दछौं?
11
यहूदाका मानिसहरूले परमेश्वरसित गरेको प्रतिज्ञा तोडेका छन् अनि यरूशलेम र इस्राएल देशभरि घिनलाग्दो काम गरेका छन्। परमप्रभुले प्रेम गर्नुभएको मन्दिर तिनीहरूले अपवित्र पारेका छन्। पुरुषहरूले पराई देवताहरू पुज्ने स्त्रीहरूलाई बिहे गरेका छन्।
12
त्यसो गर्नेहरूलाई सर्वशक्तिमान् परमप्रभुले इस्राएली समाजबाट हटाइदेऊन् र तिनीहरूले फेरि-फेरि हाम्रा जातिले सर्वशक्तिमान् परमप्रभुकहाँ भेटीहरू चढाउँदा भाग लिन नपाऊन्।
13
अर्को कुरो तिमीहरू यसो पनि गर्छौ। तिमीहरूले चढाएका भेटीहरू उहाँले ग्रहण नगरेको हुनाले तिमीहरू रोई-कराई परमप्रभुको वेदी आँसुमा डुबाउँदछौ।
14
उहाँले ती किन ग्रहण गर्नुहुन्न भनी तिमीहरू सोध्दछौ किनभने उहाँले जान्नुहुन्छ कि तैँले आफ्नो जवानीमा विवाह गरेको स्वास्नीलाई दिएको प्रतिज्ञा तोडेको छस्। ऊ तेरो जीवनसाथी हो तर तैँले ऊसित गरेको प्रतिज्ञा तोडेको छस्, यद्यपि तैँले परमेश्वरको अघि आफ्नो स्वास्नीसित विश्वासयोग्य रहने प्रतिज्ञा गरेको थिइस्।
15
के परमेश्वरले आफ्नो स्वास्नीसित एउटै शरीर र आत्मा गरी बनाउनुभएको होइन? त्यसरी बनाउनुमा उहाँको के उद्देश्य थियो त? किनभने तिमीहरूका बालबच्चाहरू परमेश्वरका साँचो सन्तानहरू भएका उहाँले चाहनुहुन्थ्यो। यसकारण सचेत रहो कि तिमीहरूमध्ये कसैले आफ्नी स्वास्नीलाई दिएको प्रतिज्ञा नतोडोस्।
16
“स्वास्नी त्याग्ने कामलाई म घृणा गर्दछु,” इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, “जब तिमीहरूमध्ये कसैले यस्ता निर्दयी काम आफ्नी स्वास्नीप्रति गर्दछ, म त्यो घृणा गर्दछु। सचेत रहो कि तिमीहरूले आफ्ना स्वास्नीसित विश्वासयोग्य रहनेछौं भनी गरेको प्रतिज्ञा भङ्ग नहोस्।”
17
तिमीहरूको आफ्नो बोली-वचनले परमप्रभुलाई थकाएका छौ। तर तिमीहरू सोध्दछौ, “हामीले कसरी उहाँलाई थकाएका छौं? सर्वशक्तिमान् परमप्रभुले सबै दुष्ट काम गर्नेहरूलाई असल ठान्नुहुन्छ। वास्तवमा उहाँले तिनीहरूलाई मन पराउनुहुन्छ,” भनेर तिमीहरूले उहाँलाई थकाएका छौ अथवा “ठीक न्याय गर्नुहुने परमेश्वर कहाँ हुनुहुन्छ?” भनेर तिमीहरूले उहाँलाई थकाएका छौ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4