bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Malachi 3
Malachi 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मेरो बाटो तयार पार्न म आउनुअघि म आफ्नो दूत पठाउनेछु। तब तिमीहरूले खोजेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनेछन्। तिमीहरूले पर्खेका दूत आउनेछन् र मेरो करार घोषणा गर्नेछन्।”
2
तर उहाँ आउनुभएको दिनमा को टिक्न सक्ला? उहाँ देखा पर्नुहुँदा को बाँच्न सक्ला? उहाँ कडा साबुन वा सुन खार्ने आगोजस्तो हुनुहुन्छ।
3
चाँदी खारेर शुद्ध बनाउने मानिसझैँ उहाँ न्याय गर्न आउनुहुनेछ। सुन र चाँदी खारेझैँ परमप्रभुको दूतले लेवी कुललाई खार्नेछन् र तिनीहरूले परमप्रभुकहाँ उचित भेटीहरू चढाउनेछन्।
4
तब यहूदा र यरूशलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा झैँ उहाँको निम्ति मनपर्दा हुनेछन्।
5
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म न्याय गर्न तिमीहरूकहाँ आउनेछु र आउनासाथ म मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, झूटा साक्षी दिनेहरू, काम गर्नेहरूको ज्याला ठगी खानेहरू, विधवाहरू, टुहुरा-टुहुरीहरू र विदेशीहरूलाई अत्याचार गर्नेहरू, अँ, मेरो आदर नगर्नेहरू सबै जनाका विरुद्धमा साक्षी दिनेछु।
6
“म परमप्रभु हुँ र सधैँ एकनास छु। यसैले तिमी याकूबका सन्तानहरू सर्वनाश भएका छैनौ।
7
अघिका तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू मेरा व्यवस्थाबाट तर्की गएका छौ र ती मानेका छैनौ। तिमीहरू मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु। तर तिमीहरू ‘हामीले तपाईंकहाँ फर्कन के गर्नुपर्छ?’ भनी सोध्छौ।
8
तर मेरो प्रश्न छ, ‘के परमेश्वरसित छल गर्नु मानिसको लागि उचित हुन्छ?’ कहिल्यै उचित हुँदैन र पनि तिमीहरू मसित छल गर्दछौ। ‘कसरी?’ तिमीहरू सोध्छौ। म भन्दछु, ‘दशौं हिस्सा र भेटीहरूमा।’
9
“तिमीहरू सबै जनामाथि सराप परेको छ किनभने तिम्रा सारा जातिले मलाई छलेका छन्।
10
मेरो मन्दिरमा अन्न भरिभराउ हुने गरी तिमीहरू आफ्नो पूरा दशौं हिस्सा ल्याओ र मलाई जाँचेर हेर र तिमीहरूले देख्नेछौ कि कसरी म स्वर्गका झ्यालहरू खोलेर तिमीहरूलाई प्रशस्त गरी सबै प्रकारका असल कुराहरू खन्याइदिनेछु।
11
म तिमीहरूका अन्नबालीमा किरा लाग्न दिनेछैनँ र तिम्रा दाखबारीमा अङ्गुर भरिभराउ हुनेछ।
12
तब सबै जातिका मानिसहरूले तिमीहरूलाई सुखी भन्नेछन् किनभने तिमीहरूका देश बसोबास गर्न असल हुनेछ।”
13
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बारेमा नराम्रा कुराहरू भनेका छौ। तर तिमीहरू सोध्छौ, ‘तपाईंको बारेमा हामीले के नराम्रा कुरा गर्यौं र?’
14
तिमीहरूले यसो भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन किन गर्ने? आफूले गरेको कामको निम्ति आफूलाई सर्वशक्तिमान् परमप्रभुको सामुन्ने दु:खी देखाउन हामीलाई के नाफा छ?
15
हामीले देख्दा त बरु अहङ्कारी मानिसहरू नै सुखी छन्। दुष्ट मानिसहरूलाई फलिफाप हुन्छ मात्र होइन, तिनीहरू परमेश्वरलाई निहुँ खोज्छन् र पनि दुष्ट्याइँ गरेर फुत्किन्छन्’।”
16
त्यसपछि परमप्रभुको भय मान्ने मानिसहरू आपसमा बातचित गर्न लागे र परमप्रभुले ध्यानसित तिनीहरूका कुरा सुन्नुभयो। उहाँकै सामुन्ने उहाँको भय मान्ने र आदर गर्नेहरूका नाम एउटा पुस्तकमा लेखिए।
17
“तिनीहरू मेरा आफ्नै प्रजा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जुन दिन म तिनीहरूलाई मेरो आफ्नै जनझैँ बनाउने काम गर्नेछु, त्यही दिन तिनीहरू मेरा जन हुनेछन्। बुबाले आफ्नो सेवा गर्ने छोरालाई जसरी दया गर्छ, त्यसरी नै म तिनीहरूलाई दया गर्नेछु।
18
फेरि एकपल्ट मेरा मानिसहरूले धर्मी र अधर्मी, मेरो सेवा गर्ने र नगर्नेहरूका बीचको भेद बुझ्नेछन्।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4