bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Malachi 4
Malachi 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, त्यो दिनचाहिँ आगोको भट्टीजस्तै जल्नेछ, तब सबै घमण्डी र दुष्ट मानिसहरू परालजस्तै हुनेछन् र आइरहेको त्यो दिनले तिनीहरूलाई जलाइदिनेछ। त्यस्तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ।
2
तर तिमीहरू मेरा आज्ञापालन गर्नेहरूमाथि मेरो उद्धारको शक्ति सूर्य उदाएझैँ आउनेछ र त्यसले सूर्यको किरणजस्तै चङ्गाइ ल्याउनेछ। गोठबाट फुक्का छोडिएका बाछाहरूझैँ तिमीहरू खुसीले उफ्रनेछौ।
3
जुन दिन म यो काम गर्नेछु, त्यो दिन तिमीहरूले दुष्टहरूलाई कुल्चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्।
4
“मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्यवस्था, नियमहरू र आज्ञाहरूको सम्झना गर।
5
“तर परमप्रभुको त्यो महान् र डरलाग्दो दिन आउनुअघि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु।
6
त्यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4